Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
शनिबार, असार १८, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
अत्तरिया बसपार्कमा सेनाले बोर्ड राख्यो
अत्तरिया बसपार्कमा सेनाले बोर्ड राख्यो
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
प्लानेट ग्रिन नेपाल संस्थाले  मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
प्लानेट ग्रिन नेपाल संस्थाले मोहनापुल–अत्तरिया सडक खन्डमा बृक्षारोपण गर्ने
Hotel chameliya
corona - Godawarinews
सुदुरपश्चिम प्रदेश
  • गृहपृष्ठ
  • समाचार
  • पूरा होला सुदूरपश्चिमेली जनताको पश्चिम सेतीको सपना?
पूरा होला सुदूरपश्चिमेली जनताको पश्चिम सेतीको सपना?
64x64
मंगलबार, जेठ २४, २०७९ गोदावरी न्युज
पूरा होला सुदूरपश्चिमेली जनताको पश्चिम सेतीको सपना?
satkar dohari

काठमाडौँ - करिब चार दशकदेखि सुन्दै आएका ढुङ्गाड क्षेत्रका बासिन्दालाई पश्चिम सेतीको चर्चा सिंहदरबार आसपास चल्दा व्यङ्ग्य गरेजस्तै लाग्छ होला। निर्वाचनको समयमा अधिकांश राजनीतिक दलका नेताले आयोजनाको मीठो सपना देखाए। 

BCM mOTORS

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले  २०४२ सालमा डोटीको ढुङ्गाड र तलारा जोड्ने सेती नदीमाथि बनाइएको झोलुङ्गे पुलको उद्घाटन गर्दा सेतीबाट बिजुली निकाल्ने र त्यसले यस क्षेत्रको विकास र रोजगारीको विस्तार हुने बताएका थिए।  ढुङ्गाडलगायतका क्षेत्र डुबानमा पर्ने भएकाले त्यस क्षेत्रका जनतालाई अन्यत्र सारिने भएकाले विकासका काममा थप खर्च नहुने उनको भनाइ थियो।

आयोजना बन्ने आशमा २०३६ सालदेखि प्रतीक्षा गरेका त्यस क्षेत्रका जनताले आयोजनाको नाममा विकास कस्तो हो भन्नेसमेत देख्न पाएका छैनन्। लामो समयदेखि स्थानीयवासीको मृगतृष्णा जस्तै बनेको आयोजना अब भने निर्माण हुने आशा पलाएको छ ।

कहिले फ्रान्सेली, कहिले अष्टे«लियन तथा कहिले चिनिया कम्पनीको ‘होल्ड’मा परेको आयोजनालाई सरकारले लगानीको स्पष्ट खाकासहित निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको सोमबारको बैठकले मन्त्रिपरिषद्लाई निर्णयका लागि सिफारिस गरेको छ। बोर्डका अनुसार यो आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडले वार्ताद्वारा कार्यान्वयनका लागि आवेदन दिएको थियो।

बोर्डको ४७औँ बैठकले पश्चिम सेती र सेती नदी–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार पार्ने प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदन सोमबारको बोर्ड बैठकमा पेश भएको थियो। समितिले आयोजनाका सम्बन्धमा पेश गरेको सिफारिससहितको प्रतिवेदन आवश्यकतानुसार कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले जानकारी दिए।

७५० मेगावाट क्षमताको यो आयोजनालाई सरकारले राष्ट्रिय गौरवमा समावेश गरेको पनि लामै समय भयो। चार दशकसम्म पनि आयोजनाका बारेमा कुनै निष्कर्ष ननिस्कनुका पछाडि लगानीको टुंगो नलाग्नु नै प्रमुख कारणका रूपमा रहेको सरोकारवाला बताउँछन्। त्यस्तै निर्माण ढाँचाका बारेमा स्पष्ट निर्णय नहुनु, प्रसारण लाइन निर्माण तथा विस्थापितबारे उपयुक्त निर्णय नहुनु र उत्पादित बिजुलीको बजारका बारेमा कुनै यकिन नहुनु पनि सहायक कारण हुन्। २०७५ भदौमा चिनिया कम्पनी थ्री गर्जेजले हात झिक्दै गर्दा पनि सोही कारण जनाएको थियो।

आयोजनामा सम्बद्ध अधिकारीका अनुसार २०४६ भदौदेखि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउन लागिपरेको अष्ट्रेलियन कम्पनी स्मेक (स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेसन) ले २०४९ मा प्रतिवेदन बुझायो। निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा आयोजना निर्माण गर्ने भनेर स्मेकले गरेको सम्झौता कहिल्यै कार्यान्वयन भएन। आयोजना बनाउँछौँ भन्दाभन्दै स्मेकले १८ वर्षसम्म आयोजना 'होल्ड'मात्रै गर्‍यो।

२०६८ मा सरकारले आयोजनाको स्वामित्व आफैँ लियो। स्मेकले उत्पादित बिजुली भारतलाई बिक्री गर्ने र उत्पादन सुरु भएको ३० वर्षपछि चालू हालतमा सरकारलाई फिर्ता गर्ने बताएको थियो। स्मेकले कामै नगरेपछि तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टले आयोजना नेपाल सरकारको नाममा नै फिर्ता ल्याएका थिए।

नेपाली समाजमा एउटा उखान लोकप्रिय छ, तावाबाट उफ्रेको माछा भुङ्ग्रामा। पश्चिम सेतीका हकमा पनि त्यस्तै भयो। स्मेक बाहिरिएको केही समय बित्न नपाउँदै २०६८ सालमै चिनिया कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लयूई इन्भेष्टमेन्ट कर्पोरेसनलाई दिइयो। चिनिया कम्पनी आफैँमा २२ हजार ५०० मेगावाट क्षमताको थ्री गर्जेज जलविद्युत् आयोजना नै निर्माण गरेको चिनियाँ कम्पनीले आयोजना अगाडि बढाउनेमा नेपाली ढुक्क थिए। 

चिनियाँ कम्पनीको ७५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २५ प्रतिशत बराबरको शेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको थियो। एक खर्ब ८० अर्ब लागत रहने भनिएको आयोजनामा एक खर्ब ५० अर्ब वैदेशिक ऋणसमेत ल्याउने सहमति भएको थियो।

तोकिएअनुसार काम भएको भए गत वर्ष नै सो आयोजनाले बिजुली बालिसकेको हुने थियो। निर्माण अवधि सात वर्ष हुने भनिएको आयोजना भने त्यति समय नै चिनियाँ कम्पनीले होल्ड गरेर राख्यो। अन्त्यमा बिजुलीको बजार नभएको, पुनःबास तथा पुनःस्थापनाका विषयमा कुरा नमिलेको, प्रसारण लाइन निर्माण कसले गर्ने भन्नेबारेमा कुनै सहमति हुन नसकेकोजस्ता कारण देखाएर चिनियाँ कम्पनीले हात झिक्यो।

२०७५ सम्म हरेक वर्ष सरकारले आयोजनाका लागि बजेटसमेत विनियोजन नै गर्ने गरेको थियो। त्यसपछि भने आयोजनाको उपयुक्त मोडालिटी तय गरेर निर्माण सुरु गर्ने भनिए पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन।

आयोजनाको पहिचान २०३६ मा भएको थियो। सुरुमा कुल ३७ मेगावाट क्षमताका आयोजना निर्माण गर्ने भनिएको थियो। तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको फ्रान्स भ्रमणका क्रममा त्यहाँका कम्पनीलाई नेपालमा पनि जलविद्युत् आयोजना निर्माणका लागि आग्रह गरेका थिए। राजाको विशेष आग्रहअनुसार नै फ्रान्सेली कम्पनी सोग्रेह नेपाल आएको थियो। सो कम्पनीले अध्ययन गरी विद्युत् उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो।

त्यो समयमा १५० मेगावाटसम्म बिजुली उत्पादन गर्ने योजना तय भएको थियो। तर सोग्रेह कन्सल्टले आयोजना निर्माणको अनुमति पाएन। वि.स २०५१ अष्ट्रेलियाली कम्पनी स्मेकलाई सर्भेक्षण गर्ने जिम्मा दिइयो। त्यसपछि आयोजनाको क्षमता ७५० मेगावाट बराबर हुने निष्कर्ष निस्कियो।

सरकारले २०५४ मा स्मेकलाई नै निर्माणको अनुमति दियो। तर उसले पनि अनेकौँ बहाना बनाएर आयोजनाको काम अगाडि बढाएन। सो कम्पनीले आयोजना निर्माण हुँदा १२ हजार घरपरिवार विस्थापित हुने निष्कर्ष सुनाएको थियो। चाइना थ्री गर्जेजले २०६९ मा निर्माण अनुमति पायो। तर काम सुरु हुन सकेन। आयोजना प्रभावित क्षेत्रका बासिन्दा त्यसैका बारेमा सुन्दासुन्दै बुढ्यौलीमा प्रवेश गरिसकेका छन्। सरकारले आयोजना प्रभावित क्षेत्रमा सडक, तटबन्ध, विद्यालय, खानेपानीजस्ता कुनै पनि परियोजनामा लगानी गरेको छैन।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पश्चिम सेती र सेती नदी–६ आयोजना निर्माण सुरु गर्ने उल्लेख छ। त्यस्तै यही जेठ १५ गते सार्वजनिक भएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा समेत आयोजनाका बारेमा स्पष्टसँग बोलिएको छ। त्यस आधारमा पनि अब आयोजना कुनै न कुनै रूपमा अगाडि बढ्छ भन्ने विश्वास बढेर गएको छ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक पश्चिम सेती र बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना अगाडि बढाएरै छाडिने दृढता व्यक्त गरेका छन्। लगानी बोर्डको बैठकले भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। यस निर्णयले अब आयोजनाले एउटा गति लिने विश्वास थप बढेको छ। 

एनएचपिसी भारतको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी हो। कुल सात हजार ५०० मेगावाट बराबरको बिजुली उत्पादन गरिसकेको सो कम्पनीले जलविद्युत् आयोजना, वायु तथा सौर्य ऊर्जामा समेत काम गरिसकेको छ। पश्चिम सेती अगाडि बढ्दा सँगै रहेको सेती नदी–६ ले पनि गति लिने विश्वास बढेको छ।

सरकारले २०७५ सालमा आयोजना गरेको लगानी सम्मेलनमा ती आयोजनालाई सोकेसमा राखेका थियो । पश्चिम सेती ७५० मेगावाट र सेती नदी–६ कुल ४५० मेगावाट क्षमतामा निर्माण गर्न सकिने सरकारको बुझाइ छ। सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाममा पुगेपछि कर्णालीमा मिसिन्छ। सोही नदीमा ती आयोजना निर्माण हुनेछन्।रासस

 


प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९, ०८:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
महाकालीको पानी उपयोग गर्न नेपालको लामो संघर्ष कायमै
महाकालीको पानी उपयोग गर्न नेपालको लामो संघर्ष कायमै
बजेटमा कुरा नमिल्दा सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित
बजेटमा कुरा नमिल्दा सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित
ताजा समाचार
अत्तरिया बसपार्कमा सेनाले बोर्ड राख्यो अत्तरिया बसपार्कमा सेनाले बोर्ड राख्यो शनिबार, असार १८, २०७९
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित
बैतडीमा स्वास्थ्य शिविरबाट ३४३ जना ज्येष्ठ नागरिक लाभान्वित
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
बैतडीसहित सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव , सुदूरपश्चिममा वर्षाको सम्भावना
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
बैतडीमा चट्याङले एक भैंसी मर्‍यो, तीन चौपाया घाइते
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
दार्चुलाको गोकुलेश्वर अस्पतालमा सर्प दंशको उपचार हुँदै
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
डोटीको सेती नदीमा एक जनाको शव भेटियो
विश्व/प्रबास
भारतिय  प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै
भारतिय प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै गोदावरी न्युज
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरे गोदावरी न्युज
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु
कारोना संक्रमणवाट एक दिनमा १० हजार ३७० जनाको मृत्यु गोदावरी न्युज
hamro patro
समाज
अत्तरिया बसपार्कमा सेनाले बोर्ड राख्यो
अत्तरिया बसपार्कमा सेनाले बोर्ड राख्यो शनिबार, असार १८, २०७९
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो
बझाङमा करेन्ट लागेर घाइते भएका पुरुषको ज्यान गयो शनिबार, असार १८, २०७९
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण
धान खेती गुमाएका कैलालीको भजनीका पीडित किसानलाई राहत रकम हस्तान्तरण शनिबार, असार १८, २०७९
कला /साहित्य
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
प्रियंका रानी जोशी बनिन् मिस नेपाल प्रियंका रानी जोशी बनिन् मिस नेपाल आईतबार, असार ५, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP