Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
सुदुरपश्चिम प्रदेश
  • गृहपृष्ठ
  • समाचार
  • सुदूरपश्चिम प्रदेशमा पुरानै योजनालाई निरन्तरता
सुदूरपश्चिम प्रदेशमा पुरानै योजनालाई निरन्तरता
64x64
सोमबार, जेठ १६, २०७९ गोदावरी न्युज
सुदूरपश्चिम प्रदेशमा पुरानै योजनालाई निरन्तरता

धनगढी - संघीय  सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सुदूरपश्चिम प्रदेशमा अधुरा र शुरु हुन नसकेका योजनाहरुलाई निरन्तरता दिइएको छ । अर्थमन्त्री जनार्दन शमाले आइतबार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेशमा अधुरा रहेका र हरेक वर्ष बजेटमा घोषणा हुने तर, कार्यान्वयन नभएका योजनाहरुले नै निरन्तरता पाएको हो ।

BCM mOTORS

उनले  धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने बताए । उनले भने ,‘विमानस्थललाई स्तरोन्नति गरेर क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको छ ।’ धनगढी विमानस्थल विगतदेखि नै क्षेत्रीय स्तरको विमानका रुपमा स्तरोन्नति गरिनुपर्ने भन्दै माग हुँदै आएको थियो । मन्त्री शर्माले प्रस्तुत गरेको बजेट भाषणमा,‘डडेल्धुरा र टीकापुरमा विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने’ उल्लेख छ । यो भने प्रदेशका लागि नयाँ योजना हो । 

‘कञ्चनपुरको चादँनी दोधारामा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने’ मन्त्री शर्माले बताए । सुख्खा बन्दरगाहका लागि हरेक वर्ष सम्भाव्यता अध्ययनका लागि भनि बजेट भाषणमा घोषणा हुँदै आएपनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन । यस्तै, कञ्चनपुरको दैजीमा औद्योगीक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापनाको योजनाले पनि निरन्तरता पाएको छ । आगामी आर्थिक वर्षमा सात देवीलाई पर्यटकीय स्थलका रुपमा प्रवद्र्धन गरिने जनाएका हुन् । उनका अनुसार डिलासैनी, निङलासैनी, मेलौली, शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी र बडिमालिकामा उक्त योजना कार्यान्वयन हुने छ ।

कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने र लम्कीमा ट्रमा सेन्टर स्थापना गर्ने कार्यक्रम भने नयाँ हो । सबै प्रादेशिक अस्पतालहरुमा निशुल्क डायलाइसिस सेवा प्रदान गरिने उनले बताए । मन्त्री शर्माका अनुसार डायलाइसिस सेवा प्रदान गर्न सरकारले आगामी आर्थिक वर्षका लागि डायलाइसिस मेसिन खरिदका लागि २० करोड विनियोजन गरेको छ ।  सेती र महाकाली प्रादेशिक अस्पतालको समन्वयमा गेटामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका छन ।  यस्तै उक्त मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने पनि बजेट भाषणमा अर्थमन्त्री शर्माले जनाए ।

मन्त्री शर्माले प्रधानमन्त्री देउवा गृह जिल्लामा मेडिकल कलेज शुरु गर्नका लागि बजेट विनियोजन गरिएको बताए । यो पनि आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समेटिएको नयाँ योजना हो । धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्र्तराष्ट्रिय स्तरको खेलमैदानका रुपमा स्तरोन्नतीले पनि निरन्तरता पाएको छ । मन्त्री शर्माले कैलालीको धनगढीस्थित फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बताए ।हुलाकी राजमार्गका २४ वटा पुल र तीन सय किलोमिटर छ अर्व सात करोड विनियोजन गरेको छ । सरकारले कञ्चनपुरको भीमदत्तनगर र दोधारा चाँदनी जोड्ने महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गर्न ४१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री शर्माले कञ्चनपुरको भीमदत्तनगर र दोधारा चाँदनी जोड्ने महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण गर्न सरकारले ४१ करोड रुपैयाँ विनियोजन गरेको बताए । ७५० मेगावाटको पश्चिम सेती र ३०९ मेगावाटको सेती – ६ जलविद्युत आयोजना निर्माणका लागी प्राविधिक तयारीका साथ निर्माण कार्य अगाडी बढाइने बताए । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माणका लागि नेपालको तर्फबाट गर्नुपर्ने तयारी कार्यलाई तीव्रता दिइने उनले बताए । अर्थमन्त्री शर्माले चैनपुर–सेती आयोजना कार्यान्वयनमा लगिने समेत जानकारी दिए ।

मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिइएको जानकारी दिए । विभिन्न खण्डमा ठेकेदारले गरेका ढिलाईका कारण यो आयोजना अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म पुग्ने यो सडकको कुल लम्बाइ १ हजार ७ सय ७६ किमि छ । आगामी वर्ष २३५ किलोमिटर सडक कालोपत्रे गर्न र १६ वटा पुल बनाउन यो रकम विनियोजन गरेको हो । ९ अर्ब ३३ करोड बजेट छुट्याएको  यसमा सरकारले आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गर्नेछ ।

त्यस्तै, कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गरे । मोहना लगायत विभिन्न नदी नियन्त्रणका लागि तीन अर्व दुई करोड रकम विनियोजन गरिएको छ । कैलालीको धनगढीको खुटिया नदीमा तटबन्धन गर्न बजेटको व्यवस्था गरिएको अर्थमन्त्री शर्माले बताए । मन्त्री शर्माले सीमा क्षेत्र सहरी विकास कार्यक्रम अन्तरगत बेलौरी, दोधरा चाँदनी र पञ्चेश्वरमा पुर्वाधार विकास गरिने बताए ।

कैलालीमा निर्माणाधीन रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने बताए ।


प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९, ०७:१२:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
झुलाघाट नाकाबाट भारतीय पर्यटक आउनमा रोक
झुलाघाट नाकाबाट भारतीय पर्यटक आउनमा रोक
धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना
धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना
सुदूरपश्चिममा मात्रै थप ५४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा मात्रै थप ५४ जनामा कोरोना पुष्टि
ताजा समाचार
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु बुधबार, साउन २५, २०७९
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP