अत्तरिया -गेटा मेडिकललाई सुदुरपश्चिम विश्वबिधालय मार्फत सन्चालन हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आवको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
सेती ,महाकाली अस्पताल र सम्बन्धित विश्वबिधालयको समन्वयमा गेटा मेडिकल कलेजलाई सन्चालनमा ल्याइने उनले बताए । यस्तै डडेल्धुरामा मेडिकल कलेज सन्चालन प्रकृया अगाडी बढाइने भएको छ ।
यस अघि गेटा मेडिकल कलेज छिटो शुरु गर्नु पर्ने भन्दै यँहा आन्दोलन हुँदै आएको थियो । यदपी उक्त कलेजको लागी बजेट कति हो भन्ने कुरा बजेटमा उल्लेख भएको छैन ।