अत्तरिया -गेटा मेडिकल कलेज सन्चालन को लागि अत्तरिया मा गठित दबाब समुहले शुक्रबार हस्ताक्षर अभियान गरेको छ । प्रदेशको राजधानी अत्तरियामा उक्त समुहले स्थानियको हस्थाक्षर संकलन गरेको हो ।
यस अघि उसले अत्तरियामा चक्का जाम, सुदुरपश्चिम का मुख्य मन्त्री त्रिलोचन भट्ट र धनगढी उपमहानगरपालिका का मेयर गोपाल हमाल र कैलालीका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको छ ।
सरकार को नीति तथा कार्यक्रम मा गेटा मेडिकल संचालन को बिषय नाअएपछी यस क्षेत्रमा दबाब मुलक कार्यक्रम हुँदै आएका छन् । धनगढी र अत्तरिया मा बुधबार देखि स्थानीय नि दबाब समिति बनाएर सरकार को ध्यानाकर्षण गराइरहेका छन् ।
निर्माणाधिन उक्त कलेज को ९० प्रतिशत भौतिक निर्माण को काम सकिएपनी सरकारले संचालन को लागि आलटाल गरिरहेको स्थानीय को आंशका रहेको छ ।