अत्तरिया - ८८ स्थानीय रहेको सुदूरपश्चिम प्रदेशका ८७ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। प्रदेशको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाबाहेक सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो।
प्रदेशमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पालिका जित्दै ठूलो पार्टी बनेको छ। काँग्रेसले ४० प्रमुख र अध्यक्ष जितेको छ भने ४७ पालिकामा उपप्रमुख र उपाध्यक्ष जितेर पहिलो पार्टी बनेको हो।२५ वटा स्थानीय तहमा प्रमुख र अध्यक्ष तथा २४ स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षमा जित निकाल्दै नेकपा एमाले दोस्रो ठुलो शक्ति बनेको छ।१४ स्थानीय तहमा प्रमुख र अध्यक्ष तथा ११ पालिकामा उपप्रमुख र उपाध्यक्षमा विजयी हासिल गर्दै तेस्रो भएको छ।
त्यस्तै , चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी भने चौथो शक्ति बनेको छ। उसले कैलाली जिल्लामा मात्रै ४ वटा स्थानीय तहमा प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ भने तीन वटामा उपप्रमुख र उपाध्यक्ष जितेको छ।नेकपा एकीकृत समाजवादीले दुई पालिकामा प्रमुख र अध्यक्ष जितेको छ भने उपप्रमुख र उपाध्यक्ष पनि ३ स्थानमा जितेको छ। प्रदेशका दुई स्थानीय तहमा स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।
सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी ७ तथा काँग्रेस, एमाले र माओवादी केन्द्र १–१ जिल्लामा निलभएका छन्। काँग्रेसले दार्चुला, माओवादीले बाजुरा र एमालेले डडेल्धुरा जिल्लामा एउटा पालिका पनि जित्न नसकेको हो।नेकपा एकीकृत समाजवादीले भने कैलाली र बझाङबाहेक कुनै जिल्लामा पनि स्थानीय तहको प्रमुख र अध्यक्ष जित्न सकेको छैन।
कुन पार्टीले कति स्थानीय तह जिते?
नेपाली कांग्रेस
डोटी- ७ वटा
अछाम - ७
बझाङ-६
डडेल्धुरा- ५
कञ्चनपुर- ५
बैतडी- ४
बाजुरा - ३
कैलाली- ३
नेकपा एमाले
दार्चुला- ५
बाजुरा -५
बैतडी- ४
बझाङ -३
कञ्चनपुर- ३
कैलाली- २
अछाम -२
डोटी -१
नेकपा माओवादी केन्द्र
दार्चुला - ४
बझाङ- २
डडेल्धुरा- २
कैलाली -२
बैतडी- १
डोटी- १
अछाम -१
कञ्चनपुर-१