अत्तरिया - सुदूरपश्चिम प्रदेश सरकार गठन भएको आज ठिक चार वर्ष पूरा भएको छ । देश संघियतामा गैसकेपछि २०७४ को निर्वाचनपछि पहिलो पटक गठन भएको सुदूरपश्चिम सरकार आज ठिक ४ बर्ष पूरा भएको हो ।
२०७४ साल फागुन ४ गते आजकै दिन नेकपा माओवादी केन्द्रका तर्फवाट डोटीबाट निर्वाचित प्रदेशसभा सदस्य त्रिलोचन भट्टको नेतृत्वमा प्रदेश सरकार गठन गरिएको थियो ।
त्यसपछि सरकारको नेतृत्व परिवर्तन नभए पनि २०७५ कात्तिक २७ गते, २०७८ जेठ १४ गते र असोज १ गते गरी मन्त्रिपरिषद् पुनर्गठन भने भएको छ ।
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा १८ जना प्रदेशसभा सदस्य मन्त्री भइसकेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारमा नेकपा समाजवादीका नेता दीर्घबहादुर सोडारी दोहरिएर मन्त्री भएका छन् भने कृष्णराज सुवेदी, झपट बोहरा, तारा लामा तामाङ, पठानसिंह बोहरा, पूर्णा जोशी, प्रकाशबहादुर शाह, माया भट्ट, मानबहादुर धामी, लालबहादुर खड्का र विनितादेवी चौधरी मन्त्री बनेका छन् ।
यस्तै मुख्यमन्त्री भट्टकै नेतृत्वको सरकारमा चुनकुमारी चौधरी, अर्चना गहतराज, प्रकाश रावल, मनाकुमारी साँउद, मानबहादुर सुनार र माया तामाङ बोहराले राज्यमन्त्री हुने अवसर पाएका छन् । तर सुदूरपश्चिम सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकोले गुनासो बढ्दो क्रममा छ ।
प्रमुख प्रतिप दल नेपाली कांग्रेसले प्रदेश सरकार जुन गतिमा अगाडी बढ्नुपर्ने हो त्यो अनुसार गफ मात्रै भएको र काम भने केही हुन नसकेको आरोप बताइरहेको छ ।
मुख्यमन्त्री भट्टले आफ्नो कार्याकालमा प्रदेशका जनताहरुका लागि थुप्रै आसवश्सन दिएपनि काम भने केही गर्न नसकेको नेपाली कांग्रेसका प्रदेश सभा सदस्य कर्ण मल्लले बताए ।