अत्तरिया - सुदूरपश्चिममा आज ४ सय ७७ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
प्रदेशभरि १ हजार ७४८ जनाको नमुना परीक्षण गर्दा ४ सय ७७ जना नयाँ संक्रमित थपिएका हुन् स्वास्थ्य आज संक्रमण पुष्टि भएकामध्ये १७२ जना आजै भारतबाट आएकाहरु रहेका छन् ।
जसमा त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ८३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८१, जुलाघाटबाट फर्केका ३, पुलघाटबाट फर्केका ३ र जौलजिवीबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिमका नाका भएर आजै एक हजार ४४२ नेपाली स्वदेश फर्किएका थिए ।