Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, भदौ १, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
सुदुरपश्चिम प्रदेश
  • गृहपृष्ठ
  • समाचार
  • कैलाली सहित तराईका जिल्लाहरुमा रासायनिक मलको चरम अभाव
कैलाली सहित तराईका जिल्लाहरुमा रासायनिक मलको चरम अभाव मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानहरुको गुनासो
64x64
आईतबार, कात्तिक २८, २०७८ गोदावरी न्युज
कैलाली सहित तराईका जिल्लाहरुमा रासायनिक मलको चरम अभाव

सुदूरपश्चिम - हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलाली लगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ। मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन्।

BCM mOTORS

वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन। पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो।

पश्चिम तराईका जिल्लामा यही कात्तिक अन्तिम हप्ताभित्रमा गहुँ छरिसक्नुपर्छ। यस समयभित्र गहुँ नछरेमा उत्पादन राम्रो नहुने किसानको भनाइ छ।

“कात्तिक अन्तिमतिर गहुँ छर्दा उत्पादन राम्रो हुने भए पनि यसपालि वर्षाका कारण डुबानमा परेका खेत जोत्न सकिएको छैन”, धनगढी उपमहानपगरपालिका–१३ का कृषक गुलाब राना भने, “डुबानमा नपरेका अग्लो भागका जग्गामा गहुँ छर्नका लागि मल नहुँदा अर्को समस्या आइलागेको छ।”

मलका लागि दिनहुँ कृषि सहकारी संस्थाका प्रतिनिधि धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धाइरहेका छन्। पछिल्ला वर्षमा सहकारी संस्थामार्फत कृषकलाई अनुदानको रासायनिक मल बिक्री हुँदै आएको छ।

सरकारी अनुदानको रासायनिक मल बिक्री वितरणको जिम्मेवारी पाएको सो कम्पनीमा डिएपी र युरिया मलको मौज्दात सकिएको छ। मल आपूर्तिका लागि गरिएको बोलपत्रमा कोरोना भाइरसको समस्याका कारण कसैले निवेदन नहालेकाले समयमै मल आपूर्ति गर्न ढिलाइ भएको कार्यालयका प्रमुख नबलसिंह बोगटीले जानकारी दिए।

उनले भने, “चौध÷पन्ध्र पटक बोलपत्र आह्वान गर्दा पनि कोरोनाका कारण कसैको निवेदन नपरेको भन्ने छ, यसले गर्दा समयमै मल आपूर्ति भएन।” भैरहवा नाकामार्फत रासायनिक मल धनगढीका लागि ढुवानी हुन लागेकाले केही दिनमा मल आइपुग्ने उनले बताए। “वर्षाले खेतमै काटेर सुकाइएको धानबाली भिजेर नष्ट भएको पीडामा रहेका किसानको हिउँदयामको प्रमुख गहुँ बाली पनि समयमै गर्न नपाएर प्रभावित हुने देखिएको छ”, कैलालीका  किसान लोकराज ओझाले भने।

रासायनिक मल प्रयोग गरिने खेतमा यसको प्रयोगबिना खेती गर्दा उत्पादन निकै घट्ने गरेको किसानको अनुभव छ। कम्पनीले चालु वर्षको साउनदेखि कात्तिकसम्ममा युरिया दुई हजार ३९४ मेट्रिक टन, डिएपी ८० मेट्रिक टन र पोटास ४३ मेट्रिक टन बिक्री गरेको छ। कार्यालयले यस वर्ष छ हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र ३०० मेट्रिक टन पोटास बिक्री गर्ने लक्ष्य राखेको छ।

सरकारको अनुदानित मलमध्ये ७० प्रतिशत परिमाणको मल कृषि सामग्रीले र बाँकी ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत बिक्री वितरण हुँदै आएको छ। कर्पोरेशनमा पनि डिएपी र युरिया मलको मौज्दात सकिएको छ। कर्पोरेशनले अनुदानको डिएपी मलको विकल्पमा गैरअनुदानित सिङ्गल सुपर फस्फेट ९एसएसपी० मल पनि बिक्री गर्दै आएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री वितरणको व्यवस्था गर्न कर्पोरेशनको धनगढी शाखालाई एक करोड बजेट उपलब्ध गराएको थियो।

यस सम्बन्धमा भएको सम्झौताअनुसार कर्पोरेशनले बिक्री गर्दै आएको रासायनिक मल एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट तोकिएको मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री वितरण भइरहेको छ।

डिएपी र युरिया मलको विकल्पमा एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल प्रयोग गर्न सकिने भए पनि कृषकबाट सो मलको माग खासै नआउने गरेको बताइएको छ।

कर्पोरेशनाले सम्झौताअनुसार ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट एक हजार, बोरोन मिश्रण भएको सिङ्गल सुपर फस्फेट ९३०, जिङ्क मिश्रण भएको सिङ्गल सुपर फस्फेट ९०० बिक्री मूल्य निर्धारण गरेको छ। प्रदेशमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको जनाइएको छ। रासस
 


प्रकाशित मिति: आईतबार, कात्तिक २८, २०७८, ०९:५४:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा बुधबार सार्वजनिक बिदा 
सुदूरपश्चिम प्रदेशमा बुधबार सार्वजनिक बिदा 
डडेल्धुरामा सवारी लाइसेन्स परीक्षा सञ्चालन ट्रायल भदौमा
डडेल्धुरामा सवारी लाइसेन्स परीक्षा सञ्चालन ट्रायल भदौमा
ताजा समाचार
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै बुधबार, भदौ १, २०७९
नेसपाको सुदूरपश्चिम प्रदेश समिति गठन
नेसपाको सुदूरपश्चिम प्रदेश समिति गठन
निर्वाचनका लागि ८४ दल दर्ता
निर्वाचनका लागि ८४ दल दर्ता
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता मंगलबार, साउन ३१, २०७९
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु मंगलबार, साउन ३१, २०७९
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड मंगलबार, साउन ३१, २०७९
कला /साहित्य
अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश शुक्रबार, साउन २७, २०७९
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP