अत्तरिया - नेपाल एयरलाइन्सले आज देखि सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने भएको छ ।
लगातारको बर्षापछि आएको बाढी र पहिरोका कारण पहाडी जिल्लाका राजमार्ग ठाउँ ठाउँमा अबरुद्ध भएपछि नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले आजदेखि पहाडी जिल्लामा नियमित उडान भर्ने भएको हो ।
समिट एयरले मात्रै अहिले उडान भर्दै आएका पहाडी जिल्लामा बाढी पहिराले राजमार्गहरु अवरुद्ध भएका कारण यातायात सेवा पनि संचालन हुन नसक्दा सस्कृति, पर्यटन तथा नागरि उड्डन मन्त्री प्रेम आलेको ठाडो आदेशमा उडानका लागि तालिका समेत सार्वजनिक भैसकेको छ ।
धनगढी विमानस्थलका अनुसार आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने भएको छ ।
यसका लागि धनगढीदेखि डोटी सम्मको २ हजार ६१५ र डोटीबाट धनगढी आउन २ हजार ५१५ भाडादर कायम गरिएको छ भने धनगढीदेखि बझाङ सम्मको ३ हजार ९९५ र बझाङ देखि धनगढी सम्मको ३ हजार ८९५ भाडादर कायम गरिएको बिमानस्थलले जनाएको छ ।