Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, भदौ १, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
सुदुरपश्चिम प्रदेश
  • गृहपृष्ठ
  • समाचार
  • दसैँ–तिहारको बेला पनि भारत पलायन हुने क्रम रोकएन 
दसैँ–तिहारको बेला पनि भारत पलायन हुने क्रम रोकएन 
64x64
शनिबार, असोज २३, २०७८ गोदावरी न्युज
दसैँ–तिहारको बेला पनि भारत पलायन हुने क्रम रोकएन 

दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो दिन नै मजदूरीका लागि भारत जाने धेरै भेटियो ।

BCM mOTORS

कोरोना भाइरस सङ्क्रमणका कारण स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका हुन् । कोरोनाको दोस्रो लहर सामान्य बन्दै गएसँगै यहाँबाट मजदूरीका लागि बाहिरिनु बाध्यता रहेको पीडा जानेबाट सुनिन्छ।

“दसैँको टीका छाडेर जाने रहर हामीलाई पनि कहाँ थियो र ” बिहीबार बिहान भारतको सिमला जाँदै गरेका डडेल्धुराका राजबहादुर बुढाऐरले भने, “छाक टार्न समस्या भए पनि के दसैँ के तिहार ।”

कोरोना सङ्क्रमण बढ्दा गत चैतमा स्वदेश आएका उनले गाउँमा बेरोजगार बस्दा परिवार पाल्न समेत धौधौ भएको बताए। दसैँ–तिहार भन्दा पनि कोरोना सामान्य बन्दै जाँदा नोकरीका लागि भारत जाने गाउँबाट पलायन हुने क्रम बढिरहेको उनको भनाइ छ।

त्यसैगरी बिहीबार बिहान भारतको हरिद्धार गइरहेका दार्चुलाका केशव जोशीको पनि पीडा उस्तै छ। “दश वर्षभयो हरिद्वारमा काम थालेको हो”, उनले भने, “यो वर्ष कोरोनाबाट परिवारका सदस्य बिते, दसैँ नहुने घरमा बसेर के गरौंँ भनेर भारत जाने लागेको हुँ।”

उनले परिवारको खर्च र बालबालिकाको पालनपोषण भारतीय नोकरीले नै भइरहेको बताए।त्यस्तै डोटीका धनादेवी रावतले दसैँ छाडेर जाँदा मन अमिलो भइरहेको बताए।

“सबैको घरमा आज दसैँको उल्लास सुरु भयो”, उनले भने, “गरिबलाई न खुसी नत सुख नै मिल्दो रहेछ ।” इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले घटस्थापनाको दिन यस नाकाबाट एक सयभन्दा बढी नेपाली मजदूरीका लागि भारततर्फ गएको बताए।

“आउने बढिरहेको भए पनि जाने क्रम दसैँले छेकेको छैन्”, उनले भने, “हामीले चाडपर्वका बेला हुने आपाराधिक गतिविधि नियन्त्रणमा पनि सक्रियता बढाएका छौं।”

उनले अहिले सीमा नाकामा सुरक्षा जाँचका लागि प्रदेश प्रहरी कार्यालयबाट कुकुरसमेत परिचालन भएको जानकारी दिए।

उनका अनुसार विगत एक सप्ताहको तथ्याङ्क हेर्ने हो भने दैनिक रुपमा २५० देखि ५००÷६०० सयसम्म नेपाली नागरिक मजदूरीका लागि भारततर्फ जाने गरेका छन् । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट नाकाबाट बुधबार मात्रै ३७० जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन्।

“विगतका वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउन घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो”, उनले भने, “यहाँबाट भारतको दिल्ली, देहरादुन, बङ्ग्लोर, पञ्जाव, सिमलालगायतका सहरतर्फ बढी जाने गर्छन्।”

प्रहरीले यात्रुको सहजीकरणका लागि नाकामा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ।त्यसैगरी यहाँको डोकेबजार नाकाबाट पनि दसैँको मुखमा भारत जाने क्रम चलिरहेको छ।

डाकेबजारस्थित प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भारत जाने क्रम कम भए पनि नरोकिएको बताए।

“यो नाकाबाट प्रायः बेलुकीतिर मजदूरीका लागि नेपाली नागरिक भारततर्फ  जाने गर्छन्”, उनले भने, “बुधबार मात्र एक सय ११ जना रोजगारीका लागि भारततर्फ गएको तथ्याङ्क छ।”

उनले भारतबाट दैनिक ९०० भन्दा बढी नेपाली आइरहेको जानकारी दिए। “चाडपर्वका बेला भएकाले घर बिदामा आउने बढिरहेका छन्”, उनले भने, “अहिले नाकामा आवागमन सहज पारिएको छ।”

सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत। गाउँमा रोजगारी नपाइनुले पनि उनीहरु कोरोना भाइरस सङ्क्रमणकै बीच रोजगारीका लागि पुनः भारततर्फ जाने क्रम  बढ्दो छ। रासस
 


प्रकाशित मिति: शनिबार, असोज २३, २०७८, ०७:२३:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा बुधबार सार्वजनिक बिदा 
सुदूरपश्चिम प्रदेशमा बुधबार सार्वजनिक बिदा 
डडेल्धुरामा सवारी लाइसेन्स परीक्षा सञ्चालन ट्रायल भदौमा
डडेल्धुरामा सवारी लाइसेन्स परीक्षा सञ्चालन ट्रायल भदौमा
ताजा समाचार
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा बुधबार, भदौ १, २०७९
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
थप ८४८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
माओवादी केन्द्र ७१ नम्बरमा दर्ता
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलालीको लम्कीमा डेंगुको संक्रमण
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्-  अध्यक्ष बोगटी
स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै गएका छन्- अध्यक्ष बोगटी
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता
कैलाली अदालतका कर्मचारी विरुद्ध उजुरी दर्ता मंगलबार, साउन ३१, २०७९
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु मंगलबार, साउन ३१, २०७९
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड
अज्ञात व्यक्तिद्धारा धनगढीको देवहरिया गौशालामा तोडफोड मंगलबार, साउन ३१, २०७९
कला /साहित्य
अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश अभिनेता अनुपविक्रम शाही कांग्रेसमा प्रवेश शुक्रबार, साउन २७, २०७९
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP