अत्तरिया -कैलालीको अत्तरिया चोकमा अब नगरपालिकाले आफ्नै सामाग्री राख्ने भएको छ । २०७४ सालमा नगरपालिकाले बुटवलको क्यालडोन ग्राफिक्स नामक कम्पनीलाई १५ बर्ष सम्मको लागी ब्यबसायिक प्रायोजनको ठेक्का सम्झौता गरेको थिए ।
नगरपालिकाले बिज्ञापन को कर तोके बमोजिम कम्पनीबाट राजस्व असुल्ने गरी ठेक्कामा दिएको थियो । तर कम्पनीले केही समय मात्रै बिज्ञापन सामाग्री राख्न पाएको थियो । प्रदेश कै मुख्य चोकमा ब्यबसायिक बिग्यापन राख्न नहुने भन्दै बिरोध हुन थालेपछि कम्पनीले गत बर्ष देखी काम गर्न छोडेको छ । यदपी सम्झौता भने भँग भएको छैन ।
गोदावरी नगरपालिकाका राजस्व शाखा प्रमुख राजेश प्रसाद जोशीले ठेकेदार कम्पनी सँग सम्झौता कायमै रहेको बताए । 'सम्झौता भंग भएको त छैन तर उसले पनि काम गर्न पाएको छैन,' जोशीले भने,' कम्पनीले पनि ब्यबसयिक बिज्ञापन राखेर नै नगरपालिकालाई कर तिर्ने भनिएको थियो । तर उसले बिज्ञापन राख्ने बित्तिकै बिरोध शुरु भयो ।'
उनले अब नगरपालिकाले नै त्यँहा केही प्रचारात्मक आफ्नै सामाग्री राख्ने तयारी गरिरहेको बताए । कम्पनीले बिल बोर्डमा यस क्षेत्रको तापक्रम,समय, सीसी क्यामेरा र अन्य ब्यबसायिक सामाग्री भिडियोमा देखाउने बताउँदै आएको थियो ।