अत्तरिया - प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशमा आउन लागेका छन् । कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज बिहान सुदूरपश्चिममा आउन लागेका हुन् ।
काठमाडौँबाट हुने श्रीएयरलाइन्सको पहिलो उडान मार्फत प्रधानमन्त्री ओली धनगढी विमानस्थलमा अवतरण गर्ने भएका छन् ।
धनगढीमा केहीबेर आराम गरेपछि नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर जाने र दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।
प्रधानमन्त्री ओली आउने भएपछि सुरक्षा ब्यबस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रधानमन्त्री सुरक्षालाई मध्यनजर गर्दै आईतवारवाट सुरक्षा ब्यबस्था कडा पारिएको जनाएको छ ।
जस अनुसार ठाउँ ठाउँमा प्रहरी खटाइएको छ । राष्ट्रिय गोैरबको आयोजना कन्चनपुरको दैजी छेला ओैधोगिक क्षेत्रको शिलन्यास गर्ने तयारी पुरा भएको नेकपाले जनाएको छ । कार्यक्रम स्थल नजिकै हेलीप्याड समेत स्थापना गरिएको छ ।