धनगढी- आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि ७१ औ प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट झाँकी सहितको ¥याली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर सरकारले दिवसको औपचारिक कार्यक्रम सुरु भएको हो । उक्त समारोहलाइ प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त,मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतले सम्बोधन गरेका छन ।