Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
शुक्रवार, फाल्गुन १४, २०७७ १२:१६:५९
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी , विधालय बन्द
नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय हुने
गोदावरीका दुई युबा नेताहरुद्वारा नेकपा ओली समुह परित्याग
बिहिबार नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिए
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता
हावाहुरीले रूख ढल्दा बझाङमा एकजना घाइते
प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने
कैलालीको बहुचर्चित कटासे हाटबजारको अस्तित्व हराउँदै
नेकपा विवाद अब सर्वोच्चको बहसमा पुग्यो
सुदुरपश्चिम प्रदेश
  • Home
  • News
  • कोरोनाको खोप आउँदा खुसी भए सुदूरपश्चिमका स्वास्थ्यकर्मी
कोरोनाको खोप आउँदा खुसी भए सुदूरपश्चिमका स्वास्थ्यकर्मी
64x64
बुधवार, माघ १४, २०७७ गोदावरी न्युज

सेती प्रादेशिक अस्पताल धनगढीमा आज कोरोनाविरुद्धको खोप अभियानको औपचारिक शुभारम्भ कार्यक्रम भइरहँदा अस्पतालकी प्रसूति विभाग प्रमुख यशोदा ढकाल खुशी देखिए । कोरोना महामारी आउँदा अग्रपङ्क्तिमा रहेर काम गरेको अनुभव लिनुभएकी ढकालले कोरोना खोप आउँदा आफू खुशी रहेको प्रतिक्रिया दिए ।

“कोरोनाको महामारीका बेला नडराएका हामीले खोप लगाउन पाउँदा डराउनुपर्ने कारण छैन”, उनले भने, “निवासबाट अस्पताल आउँनै लाग्दा छोरीले यो खोप आमाछोरीसँगै लागाऔँ, मरे पनि सँगै मरौँला भनिरहँदा आफूले सम्झाउँदा उनी सहमत भइन् ।” क्षेत्रीय स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थीले नेपाल सरकारले यति छिटो कोरोनाविरुद्धको खोप भित्र्याई खोप अभियान शुरु गरेर राम्रो काम गरेको बताए ।

उनले थपे, “कतिपय विकासित देशले अझै कोरोनाविरुद्धको खोप अभियान शुरु गर्न सकेका छैनन्, नेपालमा यो अभियान शुरु हुन सक्नु उत्कृष्ट काम भएको छ ।” सेती प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा डा अवस्थीले पहिलो खोप लगाई सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट देशका सबै प्रदेशमा एकसाथ खोप अभियानको शुभारम्भ गरिरहेको दृश्यतर्फ उपस्थित स्वास्थ्यकर्मी र अस्पतलमा उपचारका लागि पुगेका बिरामीले चासोका साथ हेरेका थिए ।

प्रदेशस्तरीय खोप अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाविरुद्धको खोप आए तापनि यो रोगको जोखिमबाट सुरक्षित हुन अपनाउनुपर्ने सजगतामा अझै ध्यान दिन आग्रह गरे । उनले भने, “हामीले अपनाउनुपर्ने सजकता र स्वास्थ्य मापदण्डहरु कायमै राख्न आवश्यक छ ।”

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्टलगायत सहभागी थिए । खोप अभियान शुरु भएसँगै कोरोना महामारीको बेला अग्रपङक्तिमा रहेर जिम्मेवारी बहन गरेका स्वास्थ्यकर्मी खुशी देखिँदा कतिपय महिला स्वयम्सेविकाहरु भने डराइरहेको देखिन्थे ।

“खोप लगाउँदा स्वास्थ्यमा हुन सक्ने जोखिमबाट कतिपय डराएका छन्, महिला स्वास्थ्य स्वयम्सेविका यशोदा भण्डारीले भने, “आफू पनि खोप लगाउने कि नलगाउने भन्नेमा अन्यौलमै छु ।” अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन र नेपालको स्वास्थ्य सेवा विभागले स्वीकृत गरिसकेको यो ‘कोभिशिल्ड’ खोप ढुक्क भएर लगाउँन सकिने बताए ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम टरेको छैन । तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालानमा पछिल्ला महिनामा सर्वसाधरणबाट भइरहेको कमीकमजोरीले कोरोना सङ्क्रमणको जोखिम नहटेको चिकित्सकले बताएका छन् । समाजिक विकास मन्त्रालयले प्रदेशको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, डडेलधुरा अस्पताल र सम्पूर्ण जिल्ला अस्पतालवाट प्रदान गर्ने गरी दश वटा खोप केन्द्रको व्यवस्था गरिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका लागि पहिलो चरणमा खोप लगाउन ३६ हजार खोपको मात्रा प्राप्त भएको छ । पहिलो चरणमा कोभिड—१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइने भएको छ ।

खोपबाट हुन सक्ने सम्भावित असरको व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा चिकित्सकसहितको टोलीको व्यवस्था गरिएको छ । प्रदेशमा कोरोना भाइरसबाट आजसम्म १३ हजार ९५६ जना सङ्क्रमित पुग्दा यो रोगविरुद्धको खोप अभियान शुरु गरिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म कोरोना भाइरसका शङ्कास्पद एक लाख ३५ हजार २८४ को नमूना परीक्षण भइसकेको छ भने १२ हजार ५७८ सङ्क्रमित उपचार व्यवस्थानपछि घर फर्किएका छन् । प्रदेशमा अहिलेसम्म ५५ जना सङ्क्रमितको मृत्यु भएको छ । होम आइसोलेशन र प्रदेशबाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

प्रदेशमा कोरोना सङ्क्रमणका शङ्कास्पद नमूना सङ्कलनमा कमी आउँदा सङ्क्रमित बिरामी घट्दै गएका छन् । लक्षण देखिएको व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेको भन्दा कमी आएको स्वास्थ्यकर्मीको भनाइ छ ।

कोरोनाको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ । रासस


प्रकाशित मिति: बुधवार, माघ १४, २०७७, ०९:१३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुर–डडेल्धुरा जोड्ने बङ्क–नायल–बुडर सडक निर्माण शिलान्यास
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तीन बर्ष पुरा
प्रधानमन्त्री केपी शर्मा आज सुदूरपश्चिम आउदै
बझाङमा साना किसान कृषि सहकारी संस्थाको भवन शिलान्यास
ताजा समाचार
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी , विधालय बन्द बिहिवार, फाल्गुन १३, २०७७ 35
नेपाल कम्युनिष्ट पार्टी कसको हुने भन्ने विवादमा फागुन २० गते निर्णय हुने
गोदावरीका दुई युबा नेताहरुद्वारा नेकपा ओली समुह परित्याग
बिहिबार नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिए
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता
हावाहुरीले रूख ढल्दा बझाङमा एकजना घाइते
प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने
कैलालीको बहुचर्चित कटासे हाटबजारको अस्तित्व हराउँदै
नेकपा विवाद अब सर्वोच्चको बहसमा पुग्यो
विश्व/प्रबास
भारतले नेपालमा चतुर कदम चाल्नुपर्छ : बिजेपी नेता गोदावरी न्युज
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
समाज
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी , विधालय बन्द बिहिवार, फाल्गुन १३, २०७७
हावाहुरीले रूख ढल्दा बझाङमा एकजना घाइते बिहिवार, फाल्गुन १३, २०७७
कैलालीको बहुचर्चित कटासे हाटबजारको अस्तित्व हराउँदै बिहिवार, फाल्गुन १३, २०७७
कला /साहित्य
सुदूरपश्चिमकी बमलाई सार्वोत्कृष्ट मोडलको अवार्ड मगलवार, माघ १३, २०७७
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago