धनगढी -सुदूरपश्चिम प्रदेश सरकारले महत्वपूर्ण दुई समितीमा बिभिन्न ब्यक्तीहरुलाई नियुक्त गरेको छ सोमबार बसेको मन्त्रीपरिषद् बैठकले खप्तड क्षेत्र पर्यटन विकास समिति र प्रदेश नीति तथा योजना आयोगमा उनिहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा डोटी आदर्श गाउँपालिका ५ का हर्क बहादुर सिंह नियुक्त भएका छन् । सिंह तत्कालिन एमालेका पूर्व सांसद हुन । यस्तै सदस्यमा अछाम साँफेबगर नगरपालिका ११ का लक्ष्मण खड्का, बाजुरा खप्तड छेडेदह गाउँपालिका २ का गणेश बहादुर शाही ,बझाङ खप्तड छान्ना गाउँपालिका ४ का मिश्र रोकाया र डोटी सायल गाउँपालिका ३ का हरि पाल थापा पनि सदस्यमा नियुक्त भएका छन् ।
महिला सदस्यहरूमा डोटी पूर्वी चौकी गाउँपालिका ५ की मनीषा धानुक नियुक्त भएकी छन् । बुढिनन्दा नगरपालिका ७ बाजुराका भीम खड्का समितीको कार्यकारी अधिकृतमा नियुक्त भएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए । यस्तै आज कै बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा अछामका केशर बहादुर साउँदलाई नियुक्त गरेको छ। आयोगको सदस्यमा बैतडीका मानदेब बिष्ट नियुक्त भएका छन् । एक जना महिला सदस्य पछि नियुक्त गरिने भएको छ ।