Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
बिहिवार, माघ ८, २०७७ ०७:३८:४९
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसद्धारा बिरोध प्रदर्शन
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु
एन्टिजेन विधिबाट सुदूरपश्‍चिमका चार जिल्लामा परीक्षण सुरु
कैलालीमा निर्वाचनका लागी प्रारम्भिक तयारी शुरु
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद
गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित
लामिछानेलाई आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
कोरोना भाइरसविरुद्धको खोप नेपालमा आइपुग्यो
सुदुरपश्चिम प्रदेश
  • Home
  • News
  • सहजपुर–बोगटान सडकको कामले अझै गति लिन सकेन
सहजपुर–बोगटान सडकको कामले अझै गति लिन सकेन
64x64
मगलवार, मंसिर ९, २०७७ गोदावरी न्युज

कैलालीकै मेरुदण्डका रुपमा मानिएको सहजपुर–बोगटान सडकको कामले अझै गति लिन सकेको छैन । सडक शिलान्यासको शुरुआती वर्षमा उक्त कामले निकै गति लिए पनि पछिल्लो समय अघि बढन् नसकेको हो । कोभिड—१९ को सङ्क्रमणका कारण उक्त सडकको काम सुस्त गतिमा हुँदै आएको छ ।

निर्माणले सुस्त गति लिएसँगै अब उक्त सडक तोकिएकै समयमासम्पन्न हुनेमा आशङ्का पैदा भएको छ । कोरोनाकै कारण कैलालीको सहजपुरदेखि डोटीको बडिकेदार गाउँपालिकासम्म जोड्ने उक्त सहजपुर–बोगटान सडक कालोपत्रको कार्यमा समेत ढिलाइ हुँदै आएको छ ।

उक्त सडक कालोपत्रको ठेक्का पाएको निर्माण कम्पनी पिआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेतका अनुसार सडक डबल कटिङ र पक्की नालीको निर्माण अघि बढी नालीको काम सकिए पनि कोरोना भाइरसका कारण निर्माण सामग्री नपाउँदा तथा घर गएका अधिकांश श्रमिक समयमै काममा नफर्किएका कारण निर्माणमा ढिलाइ हुँदै आएको हो ।

तीन दशकदेखि अलपत्र सडक पछिल्लो समय सरकारको उच्च प्राथमिकतामा रहे पनि कोरोना सङ्क्रमणका कारण काममा ढिलाइ हुँदा उक्त सडक पुनः अलपत्र जस्तै अवस्थामा परेको स्थानीयवासी बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ फागुन ७ गते उक्त सडक कालोपत्रको शिलान्यास गर्नुभएको थियो । शिलान्याससँगै सडकको निर्माणले गति लिए पनि अहिले मन्दगतिमा काम भइरहेको स्थानीयवासी महेन्द्रबहादुर साउदले बताए । उहाँले भन्नुभयो, “शुरुमा निकै तीव्र गतिमा काम भइरहेको थियो, अहिले कोरोनाले गर्दा काम सुस्त भएको छ, समयमै काम सम्पन्न हुने छाँटकाट छैन ।”

सहजपुर बजारबाट बडिकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक ३० महिनाभित्रमै कालोपत्र गरिने लक्ष्यानुसार ठेकेदार कम्पनीले उक्त कामको शुरुआत गरेको थियो । भारत सरकारको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारले रु दुई अर्ब पाँच करोडमा उक्त सडक कालोपत्रको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सङ्घीय सांसद प्रेमबहादुर आलेमगरको प्रत्यक्ष पहलमा उक्त सडक कालोपत्र हुन थालेको थियो । कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपीनगरबाट बडिकेदार गाउँपालिकासम्म २८ किमी सडक कालोपत्रको काम धमाधम शुरु गरिए पनि गएको करीब तीन महिनादेखि कालोपत्रको काम रोकिएको र अन्य काम सुस्तगतिमा भइरहेको बडिकेदार –१ बिपीनगरका गणेशबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन महिनादेखि पिचको काम रोकिएको छ, अन्य निर्माणसुस्तगतिमा चलेको छ, कोरोनाले जिल्लाका ठूला योजनाका काम लथालिङ्ग बनायो ।”

जिल्लाको सबैभन्दा पुरानो उक्त कच्ची सडक शिलान्यास भएको ३३ वर्षपछि विसं २०७५ मा मात्र कालोपत्र हुन थालेको भए पनि कोरोना सङ्क्रमणले काम सुस्त भएपछि समस्या उत्पन्न भएको कैलाली, शिवनगरका दानबहादुर विष्टले जानकारी दिए । सहजपुरबाट बडिकेदार गाउँपालिका हुँदै बोगटान फुड्सिल गाउँपालिकाको सिमचौर भएर दिपायल जोड्ने उक्त सडकको विसं २०४२ मा पहिलोपटक शिलान्यास भएको थियो ।

बोगटान सडक निर्माणपछि स्थानीय कृषि उत्पादनले मूल्य पाउने आशा किसानले गरिरहेका थिए । जिल्लाको बोगटान क्षेत्र कृषि उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ ।

स्थानीय बासिन्दामा वर्र्षौँपछि कालोपत्र हुने आशा पलाएको उक्त सडकमा पुनः कोरोनाका कारण खेर जाने त होइन भन्ने चिन्ता थपिएको छ । सो क्षेत्रका बासिन्दा कालोपत्र नहुँदा कच्ची सडकमा अहिले पनि खचाखच भरिएर बसमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । रासस


प्रकाशित मिति: मगलवार, मंसिर ९, २०७७, ०८:४६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओलीका कारण जनतासामु माफी माग्नु पर्ने भयो : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमका स्थानीय तहमा वित्तीय पहुँच पुग्दै
सुदूरपश्चिममा पानीघट्ट लोप हुदै
सुदूरपश्चिमको दार्चुला घर भएका नेपालका खेलाडी दाहालको विश्व ब्याडमिन्टन छलाङ
ताजा समाचार
प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसद्धारा बिरोध प्रदर्शन बिहिवार, माघ ८, २०७७ 22
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु
एन्टिजेन विधिबाट सुदूरपश्‍चिमका चार जिल्लामा परीक्षण सुरु
कैलालीमा निर्वाचनका लागी प्रारम्भिक तयारी शुरु
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद
गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित
लामिछानेलाई आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुल्यो
कोरोना भाइरसविरुद्धको खोप नेपालमा आइपुग्यो
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
कञ्चनपुर बसपार्कबाट अवैध सामान बरामद बिहिवार, माघ ८, २०७७
भिजिविलिटी पर्याप्त नहुँदा उडान सेवा प्रभावित बिहिवार, माघ ८, २०७७
दार्चुलामा स्थानीयद्धारा ३३ केभी प्रशारण लाइन अवरुद्ध बिहिवार, माघ ८, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • #मौसम
  • # मौसम सम्बन्धि जानकारी
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago