काठमाडौं- सुनको मूल्य बुधबार तोलामा १२ सय रुपैयाँले घटेको छ।
मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ थियो। बुधबारका लागि छापावाल सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ। मंगलबार पनि सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको थियो।
सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि घटेको छ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो। बुधबार उक्त मूल्यमा ४० रुपैयाँले गिरावट आई प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएको छ।सोमबार चाँदीको मूल्य १३ सय २० रुपैयाँमा रहेको महासंघले जनाएको छ।