Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमवार, माघ १२, २०७७ ०९:५६:०३
  Online Radio
  • युनिकोड
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
    • बिचार/ब्लग
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
अर्थ
  • Home
  • News
  • टीकापुर नगरपालिकाद्धारा एनआइसीयु सेवा सञ्चालनका लागि ५० लाख बजेट बिनियोजन
टीकापुर नगरपालिकाद्धारा एनआइसीयु सेवा सञ्चालनका लागि ५० लाख बजेट बिनियोजन
64x64
बिहिवार, असार ११, २०७७ गोदावरी न्युज

लम्की – कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । बजेटमा ‘हाम्री छोरी, प्यारी छोरी’ जस्ता विगतका कार्यक्रमलाई निरन्तरता दिएको छ भने स्वास्थ्य एवं विकास निर्माणमा नयाँ कार्यक्रम अगाडि सारेको छ ।

नगरपालिकाले विनियोजित बजेटमध्ये चालुतर्फ रु ४५ करोड २४ लाख ११ हजार ७४९ तथा पूँजीगततर्फ रु २५ करोड ८३ लाख ४४ हजार ३०० विनियोजन गरेको छ ।

नगरपालिकाले कोभिड–१९ को सङ्क्रमण रोकथाम एवं उद्धारका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । सातौँ नगरसभामा आगामीका लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावल विष्टले कोरोना भाइरस सङ्क्रमणका लागि ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

नगरपालिकाले विशेषज्ञ सेवा, निःशुल्क रगत, एम्बुलेन्स, आमासँग उपप्रमुख जस्ता कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसीयु सेवा सञ्चालनका लागि ५० लाख ४० हजार, निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ ।

आमासँग उपप्रमुख कार्यक्रमका लागि १० लाख, नमूना स्वास्थ्य चौकी र पोषणमैत्री वडा कार्यालयका लागि १० लाख, आयुर्वेद स्वास्थ्य कार्यक्रमका लागि ३२ लाख बजेट विनियोजन गरेको छ । यी कार्यक्रमसहित स्वास्थ्य क्षेत्रको विकासका लागि रु चार करोड ७८ लाख ९३ हजार ३६ विनियोजन गरेको छ ।

त्यस्तै, बालविवाह न्यूनीकरण गर्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमलाई निरन्तरता दिन रु पाँच लाख विनियोजन भएको छ । छाउपडी गोठमुक्त नगरपालिका घोषणा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाको क्षमता विकास तथा अपाङ्गता भएकाको परिचयपत्र वितरणका लागि रु ५० हजार बजेट विनियोजन गरेको छ ।

‘एक वडा, एक गौरव’को सडक योजना अन्तर्गत सडक कालोपत्रेका लागि रु सात करोड २० लाख बजेट विनियोजन गरिएको छ । दातृ निकायबाट सञ्चालन हुने साझेदारीका आयोजना कार्यान्वयनका लागि रु १० करोड २६ लाख ४९ हजार, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न रु दुई करोड १४ लाख ९८ हजार, मुक्तकमैयाका आवास निर्माणका लागि रु ६० लाख बजेट विनियोजन गरेको छ ।

आधुनिक शवदाह निर्माणका लागि रु ३० लाख, मेयर प्राविधिक शिक्षा छात्रवृत्तिका लागि रु ११ लाख, उपप्रमुख अनाथ, असहाय छात्रवृत्तिका लागि रु १० लाख, मेयर उपप्रमुख कप खेलकूद कार्यक्रमका लागि रु १५ लाख, निःशुल्क पाठ्यपुस्तक वितरणका लागि रु ६९ लाख, दिवा खाजा कार्यक्रमका लागि रु एक करोड ४६ लाख ५८ हजार बजेटको व्यवस्था गरिएको छ ।

त्यस्तै, बालविकास शिक्षिकालाई थप प्रोत्साहनका लागि रु १६ लाख ३२ हजार, सेनेटरी प्याड खरिदका लागि रु ५२ लाखसहित शिक्षा क्षेत्रमा २२ करोड ३९ लाख ५२ हजार ७०० विनियोजन गरिएको छ । छालाको जुत्ता उत्पादन प्रवद्र्धन कार्यक्रम रु चार लाख, बडघरको क्षमता विकासका लागि रु एक लाख ५० हजार बजेट रहेको छ ।

नगरपालिकाले कृषितर्फ रु एक करोड १२ लाख ७६ हजार ७०० रकम विनियोजन गरेको छ । पशु सेवातर्फ कृत्रिम गर्भाधान, भैँसीका साना व्यावसायिक कृषि उत्पादन केन्द्र विकास, विभिन्न घाँस खेती, विभिन्न प्रजातिका चल्ला उत्पादन गरी रु एक करोड ६९ लाख २८ हजार १०० रकम विजियोजन गरेको छ ।

पर्यटन प्रवद्र्धन गर्न रु २१ लाख ५० हजार रकम विनियोजन गरेको छ । नगरसभाले दुईवटा विधेयक पारित गरेको छ । उपप्रमुख विष्टले प्रस्तुत गरेको आर्थिक विधेयक २०७७ र विनियोजन विधेयक २०७७ मा बहुमत देखिएपछि सभाध्यक्ष तपेन्द्रबहादुर रावलले पारित भएको घोषणा गरेका हुन् । रासस


प्रकाशित मिति: बिहिवार, असार ११, २०७७, १२:२७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनको मूल्य घट्यो
सुनको मुल्य ६ सयले बढ्यो
कैलालीका भन्सार कार्यालयमा ६ महिनामा लक्ष्यभन्दा धेरै राजश्व सङ्कलन
आज सुनचाँदीको मूल्य कति ?
ताजा समाचार
सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु सोमवार, माघ १२, २०७७ 22
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ
प्रधानमन्त्रीद्धारा राप्ती नदीमा पुल उद्घाटन
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित
प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासमा सोमबार पनि सुनुवाई जारी
सुनको मूल्य घट्यो
किसानलाई चैते धानको बीउ निःशुल्क वितरण
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
विश्व/प्रबास
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड चार लाख गोदावरी न्युज
आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै गोदावरी न्युज
नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध गोदावरी न्युज
समाज
कञ्चनपुरमा हात्तीको बथानले घर भत्काउदाँ १३ परिवार विस्थापित सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन सोमवार, माघ १२, २०७७
बझाङमा मोटरसाइकल दुर्घटना हुदाँ चालक गम्भिर घाईते सोमवार, माघ १२, २०७७
कला /साहित्य
नयाँ गीत 'नबाड्याकी ठ्याउकी' सार्वजनिक बिहिवार, माघ १, २०७७
मोडलिङ क्षेत्रमा जमेका कैलालीका भिम खड्का बिहिवार, पुष २३, २०७७
चेतन बोहरा र मेलिना मैनालीको सबैलाई रुवाउने गित ’फुलको माला’ सार्बजनिक (भिडियो सहित) शुक्रवार, आश्विन १६, २०७७
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

रेडियो न्युज सम्पादक:

हेमराज भट्ट

सम्बादाता:

संगिता खड्का

मार्केटिङ अफिसर:

शारदा फुलारा

प्राबिधिक टिम:

प्रदिप भट्ट प्रमोद पन्त

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: govindrosyara@gmail.com
ट्रेण्डिङ
  • # मौसम सम्बन्धि जानकारी
  • #मौसम
  • #कृषि
  • #उपनिर्वाचन
  • #कोरना त्रास
  • #विश्वमा कोरोना
  • #किसानका पिडा
  • #कोरोना त्रास
  • #महोत्सव
  • #दुर्घटना
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago