Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • सुदूरपश्चिमका ८८ मध्ये ८५ स्थानीय तहद्धारा बजेट प्रस्तुत
सुदूरपश्चिमका ८८ मध्ये ८५ स्थानीय तहद्धारा बजेट प्रस्तुत
64x64
शनिबार, असार ११, २०७९ गोदावरी न्युज
सुदूरपश्चिमका ८८ मध्ये ८५ स्थानीय तहद्धारा बजेट प्रस्तुत

अत्तरिया -  सुदूरपश्चिमका ८८ स्थानीय तह मध्ये ८५ स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रक्षेपण गरेको छ । बाजुराको बुढीगंगा नगरपालिका, डोटीको बोगटान फुडसिल गाउँपालिका र अछामको पञ्चदेवल विनायकले बाहेक अन्य ८५ वटा स्थानीय तहले  शुक्रबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छन् ।  बुढीगंगा नगरपालिकामा निर्वाचन नै भएको छैन भने, कार्यपालिका समितिमा अध्यक्ष र उपाध्यक्ष अल्पमतमा परेपछि बोगटान फुडसिल गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकेको  हो । यस्तै पञ्चदेवल विनायक नगरपालिकामा जेठ २० गते किशोर विनोद शाही मृत अवस्थामा भेटिएपछि त्यहाँको अवस्था शान्त हुन सकेको छैन ।  कांग्रेसबाट मेयरमा निर्वाचित अम्बिका चलाउनेविरुद्ध हत्या गरेको आरोपमा किटानी जाहेरी दर्ता गरेका कारण पञ्चदेवल विनायक नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेको छैन ।

BCM mOTORS

कैलाली - सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीले १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट ल्याएको छ । १ अर्ब ३ करोड १९ लाख चालुतर्फ र ८० करोड ६९ लाख ५४ हजार पुँजीगततर्फ विनियोजन गरिएको धनगढीकी उपप्रमुख कन्दकाला रानाले जानकारी दिइन् । चालु वर्षको भन्दा एक करोड ६ लाख ३१ हजार बढाएर बजेट ल्याइएको हो ।
धनगढी उपमहानगरपालिका पछि लम्की चुहा नगरपालिकाले १ अर्ब ३८ करोड ४४ लाख बढीको बजेट ल्याएको छ । त्यसपछिको ठूला गोदावरी नगरपािलकाल १ अर्ब २५ करोडको बजेट विनियोजन गरेको छ । 
कञ्चनपुर - ९ स्थानीय तह रहेको कञ्चनपुरको सदरमुकाम रहेको भीमदत्त नगरपालिकाले सबैभन्दा बढी एक अर्ब ८४ करोडको बजेट विनियोजन गरेको छ । बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास र बेलौरी नगरपालिकाले ७० करोडदेखि १ अर्बको हाराहारी बजेट पारित गरेका छन्। जिल्लामा रहेका दुई वटा गाउँपालिका बेलडाँडीले ४८ करोड र लालझाडीले ५३ करोडको बजेट पारित गरेको छ । कृष्णपुर नगरपालिकाले जमिन लिजमा लएर भूमिहीन विपन्न र गरिबलाई सामूहिक कृषिमा आकर्षित गर्ने, नौ वटै वडाका स्वस्थ्य संस्थालाई स्तरोन्नति गर्नेलगायत निति ल्याएको छ । शुक्लाफाँटा नगरपालिकाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने, कृषि उत्पादन बढाउन सिँचाइका लागि भूमिगत सिँचाइ बढाउनेलगायत कार्यक्रमहरू ल्याएको छ ।

डडेल्धुरा - डडेल्धुराको सदरमुकामको अमरगढी नगरपालिकाले भने फरक खाले बजेट प्रस्तुत गरेको छ । कुल ६३ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको नगरपालिकाले पर्यावरण संरक्षण, नगर सरसफाइ, सुशासन र कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । पर्यावरण संरक्षण र डडेलधुरालाई सुन्दर नगर बनाउने योजना अन्तर्गत बजेट पनि त्यही अनुसार बनाइएको नगरप्रमुख डिल्लीराज जोशीले जानकारी दिए ।

परशुराम नगरपालिकाले पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । ७८ करोड ४८ लाख ३४ हजार कुल बजेट रहेको परशुराम नगरपालिकाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा विगतभन्दा पृथक् योजना छैनन् । प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरामा कुल ३८ करोड ३ लाख बजेट छ ।

बझाङ - बझाङको जयपृथ्वी नगरपालिकाले ५५ करोड २९ लाख ८१ हजार बजेट प्रस्तुत गरेको छ । बैतडीको पुर्चौडी नगरपालिकाले ६५ करोड २२ लाखको  बजेट ल्याएको  छ । नगरपालिकाले मुख्य सडक पुर्वाधारलाई  प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको  बताएको  छ ।

डोटी - डोटीको केआईसिंह गाउँपालिकाको ४० करोड ६३ लाख बजेट प्रस्तुत गरिएको छ । यसअघि एमबीबीएस डाक्टर नियुक्त गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको केआईसिंह गाउँपालिकामा विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्नेदेखि लिएर ५ वर्षभित्र तरकारीमा आत्मनिर्भर बनाउनेसम्मका योजना र कार्यक्रम ल्याएको छ। 

अछाम -  अछामका १० स्थानीय तहमध्ये नौ स्थानीय तहले बजेट प्रस्ततु गरेका छन् । साँफेबगर नगरपालिकाले १ करोड रुपैयाँ बयलपाटा अस्पताललाई विनियोजन गरेको छ । नगरपालिका भित्रकै अस्पताल भएको र लामो समयदेखि अस्पतालमा आर्थिक अभाव हुन थालेपछि साँफेबगर नगरपालिकाले १ करोड बजेट विनियोजन गरेको हो ।

दार्चुला - दार्चुला जिल्लाको सदरमुकामको महाकाली नगरपालिकाले आर्थिक ६२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । कृषिको विकासका लागि कोल्ड स्टोर निर्माण र यसबाट बेरोजगारी समस्या समाधानका लागि विशेष ध्यान दिइने उल्लेख गरिएको छ ।


 


प्रकाशित मिति: शनिबार, असार ११, २०७९, १४:३५:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बहुप्रतिक्षित पश्चिम सेतीको जिम्मा भारतलाई, समझदारीपत्र स्वीकृत
बहुप्रतिक्षित पश्चिम सेतीको जिम्मा भारतलाई, समझदारीपत्र स्वीकृत
कैलाली भन्सारले ९ अर्ब र राजश्व सङ्कलन
कैलाली भन्सारले ९ अर्ब र राजश्व सङ्कलन
अत्तरियाका प्रमेन्द्र सिं कुलर ब्यबसायमा सफल बन्दै
अत्तरियाका प्रमेन्द्र सिं कुलर ब्यबसायमा सफल बन्दै
आज पनि सुनको मूल्य घट्यो , चाँदीको बढ्यो
आज पनि सुनको मूल्य घट्यो , चाँदीको बढ्यो
ताजा समाचार
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
दार्चुलामा स्याउ उत्पादन वढ्दो क्रममा..
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
एमाले निर्बाचन आयोगमा १० नम्बरमा दर्ता
कुलमान घिसिङलाई कोरोना संक्रमण
कुलमान घिसिङलाई कोरोना संक्रमण
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP