अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाको वडा नं. ४ ले १ करोड ११ लाख ४३ हजार १८९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले पठाएको बजेट सिलिङ अनुसार वडाले १ करोड ११ लाख ४३ हजार १८९ रुपैयाँको बराबरको बजेट प्रस्तुत गरेको हो ।
वडा अध्यक्ष हेम प्रकाश मल्लले उक्त बजेट वडा छैटौं नगरसभामा पेश गरेका हुुन । .कुल बजेट मध्ये पुर्वधार विकास तर्फ ६५ लाख ७३ हजार १८९ रुपैया बजेट विनियोजन गरेको छ । सामाजिक विकास तर्फ ३० लाख ५० हजार र सुशासन तथा संस्थागत विकास तर्फ ९ लाख २० हजार खर्च गरिने वडाले जनाइएको छ ।
उक्त वडाको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया लगायतको सहभागिता रहेको थियो ।