धनगढी - कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ७०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अघि छन्।
कुँवरले ७०० मतमा ४१५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र राठीले २४६ मतका साथ उनलाई पछ्याइ रहेका छन्। वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ३८० मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले २७८ मत पाएका छन्।
उद्योग उपाध्यक्षमा दिनेश लम्साल ३९४ मत प्राप्त गरेका छन भने, उनका प्रतिस्पर्धी घनश्याम चौधरी २३३ , एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल ३४०, प्रकाशचन्द्र भट्ट २८१, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त ३३८, केशवदत्त पाण्डेय २७३, महासचिवमा ओमबहादुर विष्ट ३२२, सिद्धराज पनेरु ३१६, कोषाध्यक्षमा भीमराज ओझा अब्बु ४३८, रंजनकुमार शर्मा १९५ र सचिवमा सुरेश पाण्डेय २५५, महेन्द्रकुमार सिंह २१५ र जयराज न्यौपानेले १३९ मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।