धनगढी - कैलाली उद्योग वाणिज्य संघको निर्वाचन सुरु भएको छ। उद्योग वाणिज्य संघको निर्वाचन शनिबार बिहानबाट सुरु भएको हो।
शनिबार बिहान ९ बजेबाट सुरु हुने भनिएको निर्वाचन केही समय ढिलो गरी सुरु भएको छ। संघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष पुष्पराज कुँवर र सुरेन्द्र राठी टिमसहित चुनावी मैदानमा छन्।दुई समूह छुट्टाछुट्टै प्यानलसहित टिम घोषणा गर्दै चुनावी मैदानमा उत्रिएका हुन्।
संघको निर्वाचनमा १ हजार ६सय १२ जना मतदाता रहेका र निर्वाचन साँझ ६ बजेसम्म सकिने बताइएको छ।