अत्तरिया - आज सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले बढेको छ ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलामा ५०० ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयामा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ रहेको छ ।