Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • अब जग्गा खरिदका लागि सञ्चय कोषले पनि कर्जा दिने
अब जग्गा खरिदका लागि सञ्चय कोषले पनि कर्जा दिने
64x64
बिहिबार, भदौ ३१, २०७८ गोदावरी न्युज
अब जग्गा खरिदका लागि सञ्चय कोषले पनि कर्जा दिने

कैलाली - कर्मचारी सञ्चय कोष ६०औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय धनगढीले छिटो छरितो र सहज सेवा प्रवाहमा जोड दिने जनाएको छ। वार्षिकोत्सवको अवसरमा कोषले बिहीबार नै घरजग्गा खरिद कार्यक्रम सुरुवात गरेको छ। यसअघि घर खरिद तथा निर्माणको लागि कर्जा दिने गरिएकोमा अब जग्गा खरिदको लागि पनि सुलभ ब्याजदरमा कर्जा प्रवाह गरिने छ ।

BCM mOTORS

आजैदेखि जग्गा रोक्का÷फुकुवा र धितो पास अनलाइनमार्फत गर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । हाल धितोमा आधारित सापटीको लागि ७.९ प्रतिशत ब्याजदर कायम गरिएको छ । सम्पूर्ण सेवा तथा सुविधा अनलाईनमार्फत प्रदान गर्ने गरी सबै सञ्चयकर्ताको ‘केवाइसी’ विवरण अद्यावधिक गर्ने कार्य अन्तिम चरणमा पुगेको प्रमुख राजेन्द्र विक्रम केसीले बताए ।

अनलाईन विशेष सापटी सुविधा, विभिन्न भुक्तानी तथा सापटी रकम सञ्चयकर्ताकै बैंक खातामा भुक्तानी गर्ने र कनेक्ट आइपिएसमार्फत सापटी फिर्ता गर्न सकिने व्यवस्थाले सञ्चयकर्ताले घर वा कार्यालयबाटै विशेष सापटी लिन तथा तिर्न सक्ने सुविधा कोषले गत वर्षदेखि सुरु गरेको थियो। सबै कारोबारहरुको जानकारी एसएमएसमार्फत जानकारी दिने व्यवस्था, कल सेन्टरको स्थापना, डाटा सेन्टरको स्थापना, अनलाईन रिकन्सिलिएसन जस्ता कार्यहरुमार्फत कोषले प्रविधिमा फड्को मारेको जनाइएको छ ।

यस्तै सञ्चयकर्तालाई प्रदान गरिने कोषको परिचय पत्रलाई प्रतिस्थापन गर्ने उद्देश्यले विद्युतीय परिचय पत्र प्रदान गर्ने कार्य सुुरु गरिएको छ। कोषले वार्षिक बचतबाट सञ्चयकर्ताहरुका लागि बिभिन्न सामाजिक सुरक्षा सुविधाहरु प्रदान गर्नुका साथै आर्थिक आवश्यकता पूरा गर्न विभिन सापटीहरु प्रदान गरिरहेको छ ।

कोषले सामाजिक सुरक्षाका कार्यक्रम अन्तर्गत काजकिरीया अनुदान खर्च, दुर्घटना क्षतिपूर्ति योजना, सुत्केरी तथा शिशु हेरचाह लगायतका शीर्षकमा खर्च प्रदान गरिरहेको छ। सञ्चयकर्ताको स्वास्थ्योपचार शीर्षकमा साधारण रोगको उपचारको लागि प्रत्येक आर्थिक वर्षमा १ लाखसम्म र घातक रोगको उपचार गर्न सेवा अवधिमा अधिकतम १० लाखसम्म सोधभर्ना प्रदान गरिरहेको छ ।

कर्मचारी सञ्चय कोषको स्थापना २०१९ भदौ ३१ मा भएको थियो। कोषद्वारा सुदूरपश्चिमका सञ्चयकर्तालाई लक्षित गरी धनगढी शाखामार्फत २०६१ देखि सेवा प्रवाह भइरहेकोे छ । यस क्षेत्रका करिब एक लाख सञ्चयकर्ता कोषको सेवाबाट लाभान्वित भइरहेको बताइएको छ ।
 


प्रकाशित मिति: बिहिबार, भदौ ३१, २०७८, १६:२०:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बहुप्रतिक्षित पश्चिम सेतीको जिम्मा भारतलाई, समझदारीपत्र स्वीकृत
बहुप्रतिक्षित पश्चिम सेतीको जिम्मा भारतलाई, समझदारीपत्र स्वीकृत
कैलाली भन्सारले ९ अर्ब र राजश्व सङ्कलन
कैलाली भन्सारले ९ अर्ब र राजश्व सङ्कलन
अत्तरियाका प्रमेन्द्र सिं कुलर ब्यबसायमा सफल बन्दै
अत्तरियाका प्रमेन्द्र सिं कुलर ब्यबसायमा सफल बन्दै
आज पनि सुनको मूल्य घट्यो , चाँदीको बढ्यो
आज पनि सुनको मूल्य घट्यो , चाँदीको बढ्यो
ताजा समाचार
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु बुधबार, साउन २५, २०७९
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
देशभर एक हजार बढीमा कोरोना पुष्टि- २ जनाको मृत्य
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP