Navigation
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
बुधबार, साउन २५, २०७९
  Online Radio
  • युनिकोड
GodaVari FM
  • गृहपृष्ठ
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
    • दुर्घटना
    • अन्तरवार्ता
    • बिचार/ब्लग
    • विश्व/प्रबास
    • स्वास्थय
    • पर्यटन
    • कला /साहित्य
    • कृषि
    • शिक्षा
Hotel chameliya
अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • डोटीमा दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी
डोटीमा दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी
64x64
बुधबार, जेठ १२, २०७८ गोदावरी न्युज
डोटीमा दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी

डोटी- कोरोना सङ्क्रमणका कारण जिल्लामा बन्दाबन्दी शुरु भएपछि यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ। दाल, चामल, तेलदेखि तरकारीलगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताको आरोप छ। 

BCM mOTORS

यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल, विपीनगर, गोपघाट क्षेत्रमा प्रायः दैनिक उपभोग्य वस्तुको बजार मूल्य अहिले अघिल्ला महिना (निषेधाज्ञा) को तुलनामा ५० प्रतिशतसम्म बढाइएको छ। कोरोना सङ्क्रमणको समयमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिन थालेको दिपायल सिलगढी नगरपालिका–४ गैराका कैलाश विकले बताए। 

उनले भने, “कोरोनाको बेला सबै बन्द छ, बजार अनुगमन गरिएको छैन, व्यापारीले मनपरी मूल्य लिन थालेकाले उपभोक्ता मारमा परे।” उनका अनुसार ५०० एमएलको खाने तेल निषेधाज्ञाअघि रु ९० हाल रु ११० लिन थालिएको छ। त्यस्तै अन्य खाद्य सामग्रीमा पनि चर्को मूल्य वृद्धि भएको छ।  

यहाँका बजारमा विभिन्न खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुमा कालोबजारी हुने गरेको पटकपटक उठ्ने भए पनि त्यसको रोकथाम तथा नियन्त्रणका लागि खासै पहल नहुने गरेको अर्का स्थानीयवासी मानबहादुर बमले बताए। उनले भने, “बन्दाबन्दीलगायत अन्य समयमा पनि बजारमा पसलै पिच्छे सामानको मूल्य फरक हुन्छ, कसैले वास्ता गर्दैन अहिले झन् कोरोनाले सबै बन्द छ, कोले अनुगमन गर्नु।” 

जिल्ला प्रशासन कार्यालय डोटीले भने यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको विषयमा कुनै पनि निकायबाट गुनासो तथा उजूरी नआएको जनाएको छ। बजार अनुगमनको जिम्मा पाएका जिल्ला प्रशासन, नगरपालिका, जिल्ला प्रहरी, उपभोक्ता अधिकार मञ्च तथा उद्योग वाणिज्य सङ्घले खासै चासो नदेखाएका कारण यहाँका बजारमा सामानको मूल्यमा व्यापारीको मनपरी हुँदै आएको उपभोक्ताको गुनासो छ।

पछिल्लो समय यहाँका व्यवसायीले प्लास्टिकजन्य सामान, कुखुराको मासु, तेललगायत वस्तुहरूको मूल्य बढाएको राजपुरका स्थानीय होटेल व्यवसायी हर्क साउदले गुनासो गरे। उनले भने, “कोरोनाले होटेल बन्द छन्, घरका लागि सामान किन्न खोज्दा, खाद्यान्न व्यापारीले भाउ बढाएका छन्, हामीले के गरी खाने।” व्यापारीहरूको सङ्गठन उद्योग वाणिज्य सङ्घले पनि यहाँका बजारमा अनुगमन नगरिँदा तथा मूल्य बढाउने व्यापारीलाई कारबाही नगरेका कारण झनै समस्या भएको उनको भनाइ छ। 

उता उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि गरिएको प्रमाणसहित गुनासो वा उजूरी आए तत्काल कारबाहीका लागि सिफारिस गरिने बताए। उनले भने, “मानिसलाई ज्यान जोगाउन गाह्रो भएको अवस्थामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गर्नेलाई कारबाही हुन्छ, मूल्य वृद्धि गरेर सामान बेच्नेको नाम फोनमै टिपाए पनि हुन्छ।” 

सामान्यतया यहाँका बजारमा तरकारीदेखि अन्य दैनिक उपभोग्य वस्तुको मूल्य शत्प्रतिशत वृद्धि भएको  उपभोक्ता बताउँछन्। भटमासको तेल प्रतिलिटर १६५, दाल, चामल र अन्य तरकारीमा पनि रु २० देखि ३० सम्म बढाएर व्यापारीले बेच्ने गरेको गुनासो उनीहरूको छ। व्यापारीले दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएर बिक्री वितरण गर्ने गरेका कारण सबैभन्दा बढी यहाँ गरी खाने वर्ग समस्यामा परेको दिपायल पिपल्लका श्यामबहादुर दासले बताए। 

उनले भने, “व्यापारीले जति मूल्य बढाए पनि जागिर भएका त किनेर खान सक्छन्, हामी दैनिक मजदूरी गरी खानेलाई समस्या भयो, रोगभन्दा पनि भोकले मर्ने भयो हामी त।” 

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको विषयमा तत्काल अनुगमन गरिने बताए। जिल्लाका प्रमुख बजारमा दशैँ तिहारको समयमा मात्रै अनुगमन हुने तथा अरू बेला नहुने गरेका कारण पनि यहाँका बजारमा सामानको मूल्यमा एक रुपता नहुने गरेको कतिपय उपभोक्ताको बुझाइ छ। रासस 


प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८, १४:४२:००
https://www.godawarinews.com/
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बहुप्रतिक्षित पश्चिम सेतीको जिम्मा भारतलाई, समझदारीपत्र स्वीकृत
बहुप्रतिक्षित पश्चिम सेतीको जिम्मा भारतलाई, समझदारीपत्र स्वीकृत
कैलाली भन्सारले ९ अर्ब र राजश्व सङ्कलन
कैलाली भन्सारले ९ अर्ब र राजश्व सङ्कलन
अत्तरियाका प्रमेन्द्र सिं कुलर ब्यबसायमा सफल बन्दै
अत्तरियाका प्रमेन्द्र सिं कुलर ब्यबसायमा सफल बन्दै
आज पनि सुनको मूल्य घट्यो , चाँदीको बढ्यो
आज पनि सुनको मूल्य घट्यो , चाँदीको बढ्यो
ताजा समाचार
सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका , खोप लगाउन मन्त्रालयको आग्रह सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका , खोप लगाउन मन्त्रालयको आग्रह बुधबार, साउन २५, २०७९
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
ग्लोबल आईएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतामा १५ प्रतिशत छुट 
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
२ सय शय्या सेती प्रादेशिक अस्पताललाइ स्तरोन्नति गर्ने निर्णय
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
पश्चिम सेती र सेती नदी–६ भारतिय सरकारी कम्पनी एनएचपीसीलाई
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम थप ८४ जनामा कोरोना पुष्टि
विश्व/प्रबास
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा
विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा गोदावरी न्युज
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित
द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित गोदावरी न्युज
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै
श्रीलंकामा आज नयाँ राष्ट्रपति चयन गरिँदै गोदावरी न्युज
hamro patro
समाज
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला
डडेल्धुरामा बेपत्ता भएका किशोर मृत फेला मंगलबार, साउन २४, २०७९
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए
बाजुरामा १ हजार ३ सय  ७९ मतदाता थपिए मंगलबार, साउन २४, २०७९
डोटीकी युवती मृत फेला
डोटीकी युवती मृत फेला मंगलबार, साउन २४, २०७९
कला /साहित्य
कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने कवि लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले सम्मान गर्ने शुक्रबार, असार ३१, २०७९
भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने बिहिबार, असार ९, २०७९
शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै शुक्रबार धनगढीमा कलाकार सन्दीप क्षेत्री धनगढी आउँदै बिहिबार, असार ९, २०७९
सम्पर्क ठेगाना

सम्पादक:

गोबिन्द रोस्यारा

सम्बादाता:

संगिता खड्का बसन्ती धामी प्रमोद पन्त

मार्केटिङ अफिसर:

नरेश नाथ योगी

प्राबिधिक टिम:

राज बुढा क्षेत्री राजेश ओझा

गोदावरी मिडिया प्रा. ली

गोदावरी नगरपालिका २, अत्तरिया कैलाली
सुचना बिभाग दर्ता: ९३४ -०७५/७६
फोन: ०९१- ५५१२११ ,५५१२१८
मोबाईल: ९८४१८६७२१४
ई–मेल: [email protected]
ट्रेण्डिङ
  • #मृत फेला
मेनु
  • देश
  • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • खेलकुद
  • कोरोना अपडेट
  • अर्थ
  • अडियो रिपोर्ट
  • फोटो ग्यालरी
  • गोदावरी टिभी
  • अन्य
फेसबुक पेज
©Godawari Media Pvt. Ltd.-2022 All rights reserved.
Site by: SoftNEP