काठमाडौं- आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ। हिजो तोलामा ८६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको भाउ आज ८५ हजार ६०० रुपैयाँ कायम छ।नेपाल सुनचाँदी व्यावसायी महासंघले आज तेजाबी सुनको मूल्य ८५ हजार १५० रुपैयाँ तोकेको छ। यसैगरी, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ।जसअनुसार आज चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ।