काठमाडौँ - साताको दोस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ४ सयले सुनको मूल्य बढेको हो ।
सोमबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । तेजावी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।