काठमाडौं - स्थानीय बजारमा निरन्तर ओरालो लाग्दै आएको सुनको मुल्य सोमबार २०० ले घटेको छ। आइतबार प्रतितोला रु ९१ हजार ८०० मा कारोवार भएको छापावाला सुन सोमबार भने तोलामा २०० ले घटेर रु ९१ हजार ६०० मा कारोवार भएको छ।
यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३०० मा कारोवार भएकोमा आजका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। चाँदी तोलामा रु एक हजार २३० मा कारोवार हुनेछ।