काठमाडौँ - नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ।
शुक्रबारको तुलनामा ७ सय रुपैयाले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुनको भाउ शुक्रबार ९२ हजार ५ सय रुपैया थियो। ७ सय रुपैयाले नै घटेको तेजावी सुनको मूल्य आइतबार ९१ हजार ३ रुपैया निर्धारण गरिएको महासंघले जनाएको छ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य ३० रुपैयाले घटेर १२ सय ३० रुपैयामा कारोबार भइरहेको छ।