काठमाडौं - आइतबार २३ सयले घटेको सुनचाँदीको मुल्यमा सोमबार पनि गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ७ सयमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मुल्यमा पनि तोलामा ४० रुपैयाले गिरावट आएको छ।सोमबार चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।