काठमाण्डौँ - नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ८ सयको रुपैयाँले ओरोलो लागेको छ। सोमबार प्रतितोला ७ सय रुपैयाँ वृद्धि भएको सुनको मूल्य मंगलबार पुनः घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएकामा मंगलबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँ मूल्य निर्धारण भएको छ। तेजाबी सुन पनि प्रतितोला ८ सय ले घटेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा सोमबार कारोबार भएको चाँदी मंगलबार भने १ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।