धनगढी – गौरिफन्टा नाकाबाट शुक्रबार पनि १८ सय बढीको उद्धार गरिएको छ । विहानै देखि उद्धार जारी रहेको गौरिफन्टा नाकामा साँझ सम्ममा २ हजार १४ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले गोदावरी न्युजलाई बताए ।
उनले उद्दार गरिएका सबैलाई सम्बन्धित पालिकामा पठाउने क्रम जारी रहेको बताए । पछिल्लो ३ दिन यता गौरिफन्टा नाकाबाट सयौंको संख्यामा भारतबाट नेपालीहरु भित्रीएका छन ।
बुधबार गौरीफन्टा नाकाबाट ८ सय ५८ र बिहिवार २ हजार चार सय ९८ जना भारतबाट आएकाहरुलाई उद्दार गरिएको छ ।