काठमाडौं - प्रेस पास भएका पत्रकारलाई सवारी अनुमति पत्र आवश्यक नपर्ने भएको छ।
बिहीबार निर्वाचन आयोगले सूचना जारी गर्दै नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीहरूका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको जनाएको हो।
अनुमति प्राप्त सवारी साधनबाहेक अन्यलाई भने सञ्चालनका लागि रोक लगाइएको छ।
यसअघि निर्वाचन आयोगले सञ्चारकर्मीहरूले पनि मतदानको दिन छुट्टै सवारी अनुमति पत्र लिनुपर्ने बताएको थियो।