काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो।
प्रधामन्त्रीको सचिवालयले बैठकमा तीन तहका निर्वाचनबारे छलफल हुने बताएको छ । प्रधानमन्त्री देउवाले शुक्रबार सत्ता गठबन्धन र आफ्नो पार्टीका नेताहरूसँगको छलफल गरेपछि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
प्रस्ताव गरेजस्तो बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसक्ने सत्ता गठबन्धन निर्वाचन आयोग निष्कर्षमा पुगेको छ । गठबन्धनका नेताहरूले तीनै तहको चुनाव एकैपटक मंसिरमा गर्ने र यस विषयमा निर्वाचन आयोग तथा कानुनविद्हरुसँग परामर्श गरेर अघि बढ्ने निर्णय गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) शनिबारको सर्वदलीय बैठक सहभागी नहुने भन्दै बैशाखमै स्थानीय तहको चुनाव हुनुपर्ने तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आएका छन् । अहिले निर्वाचनका लागि सर्वदलीय बैठकमा छलफल गरिरहनुको औचित्य नरहेको उपमहासचिव प्रदीप ज्ञवालील प्रतिक्रिया दिए ।