डोटी -जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा आज ४० जनामा कोरोना पुष्टी भएको छ । उनिहरु सबै नेपाली सेना रहेको अस्पतालले जनाएको छ ।
दिपायल सिलगढी नगरपालिका–४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए।
यसअघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। संक्रमित सबैलाई सेनाको आफ्नो आईसोलेशनमा राखिएको छ ।