अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरपुर अस्पतालमा गरिएको परिक्षणमा गोदावरीका ३५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरपुर अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार संक्रमण देखिएका पुरुष शनिबार मृत्यु भएका गोदाबरी नगरपालिका ७ का ५० बर्षका पुरुषको आफन्त हुन ।
केहि दिन अगाडी फोक्सोको क्यान्सरको उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेजमा भर्ना भएका ५० बर्षका पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो । उनी संगै बिरामी कुरुवाको रुपमा गएका ती पुरुषमा कोरोना संक्रमण देखिएको हो । सूचना अधिकारी पौडेले संक्रमित पुरुषलाई भरतपुर अस्पतालकै आइसोलेसनमा राखिएको बताए ।
यो संगै गोदावरी नगरपालिकामा कोरोना संक्रमण हुनेको संख्या १ सय १७ पुगेको छ । संक्रमित मद्ये २ जनाको मृत्यु भईसकेको छ भने १ जना कोरोना जितेर घर गईसकेका छन ।