जिल्लागत हिसाबमा सबैभन्दा बढी कोरोना संक्रमण कैलालीमा देखिएको छ । कैलालीमा बुधबार संम्मको तथ्याङ्क अनुसार कुल संक्रमितको संख्या ५ सय १४ पुगेको छ । कैलालीमा संक्रमित मद्ये ५५ जना उपचार पछि डिस्चार्ज भएका छन भने ३ जनाको हालसम्म मृत्यु भईसकेको छ । कैलाली पछि बढी संक्रमित रहेको जिल्ला डडेल्धुरामा कुल संक्रमितको संख्या २ सय ६ जना पुगेको छ । डडेल्धुरामा संक्रमित मद्ये १० जना उपचार पछि डिस्चार्ज भएका छन । 
 
कन्चनपुरमा कोरोना संक्रमितको संख्या पनि २ सय २ जना पुगेको छ । बुधबार मात्रै ८५ जना कोरोना संक्रमित भेटिएको डडेल्धुरामा संक्रमितको संख्या २ सय २ पुगेको हो । कन्चनपुरमा संक्रमित मद्ये ४५ जना उपचार पछि डिस्चार्ज भएका छन । त्यस्तै डोटीमा १ सय ९०, बैतडीमा १ सय ७६, बाजुरामा ९९, अछाममा ९२, बझाङमा ४० र दार्चुलामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमद्ये डोटीमा ३४, बैतडीमा ६, बाजुरामा १, अछाममा ११, बझाङमा २ र दार्चुलामा १० जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन । बाजुरामा कोरोनाबाट २ जनाको मृत्य समेत भएको छ ।  
साढे ११ हजार बढीको पीसीआर परिक्षण 
सुदूरपश्चिम प्रदेशमा पीसीआर बिधिबाट हालसम्म ११ हजार ७ सय ९६ नमुनाको कोरोना परिक्षण गरिएको छ । पीसीआर परिक्षणमा सेती प्रादेशिक प्रयोगशालामा ८ हजार ३ सय ३५ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ हजार ३ सय ६५ नमुनाको जाँच गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर बिधिबाट कोरोना परिक्षणका लागि  अहिले सम्म १९ हजार २ सय १७  थ्रोट स्वाव नमूना संकलन गरिएकोमा ७ हजार ४ सय २१ नमूनाको नतिजा आउन बाकी रहेको छ । प्रदेशमा आरडिटी बिधिबाट १ लाख २ हजार ५ सय ८ नमूना परिक्षण गरिएको छ । जसमा अहिले सम्म ८ हजार ५२ नमूना पोजेटिभ आएको छ ।  
 
साढे २५ हजार क्वारेन्टाइनमा 
प्रदेशमा अझै पनि साढे २५ हजार बढी क्वारेन्टाईनमा रहेका छन । सामाजिक विकास मन्त्रालयको बुधबार सम्मको तथ्याङ्क अनुसार २५ हजार ५ सय २६ जना क्वारेनटाइनमा रहेका छन । जसमा ५ हजार २ सय ५९ महिला र २० हजार २ सय ६७ पुरुष रहेका छन । 
 
क्वारेन्टाइनमा रहेकाहरुमद्ये कैलालीका ६ हजार ५ सय ४६, अछामका ५ हजार ६८, कन्चनपुरका २ हजार ८ सय ७, बाजुराका २ हजार २ सय १३, बझाङका २ हजार १ सय ४८, बैतडीका १ हजार ७ सय ६७, डोटीका १ हजार ७ सय ३७, डडेल्धुराका १ हजार १ सय ९७ र दार्चुलाका ६ सय ७ जना रहेका छन । 
 
संक्रमित मद्ये २० देखि २९ बर्ष उमेर समुहका बढी 
 
सुदूरपश्चिममा कोरोना संक्रमण देखिएका मद्ये २० देखि २९ बर्ष उमेर समुहका बढी रहेका छन । सुदूरपश्चिममा भारतबाट आएकाहरुमा बढी कोरोना देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परिक्षण गरिएकोमा अधिकान्समा कोरोना संक्रमण देखिएको छ ।
 
 उमेर समुह अनुसार २० देखि २९ बर्ष उमेर समुहका ७ सय ४ जना रहेका छन । त्यस्तै ३० देखि ३० बर्ष उमेर समुहका ३ सय ५४, १० देखि १९ बर्ष उमेर समुहका १ सय ९२, ४० देखि ४९ बर्ष उमेर समुहका १ सय २१, ९ बर्ष उमेर समुहका ७८, ५० देखि ५९ बर्ष उमेर समुहका ५८, ६० देखि ६९ बर्ष उमेर समुहका १९ र ७० देखि ७९ बर्ष उमेर समुहका ६ जना रहेका छन । २ सय ६८ महिला र १ हजार २ सय ६४ जना महिला रहेका छन ।