अत्तरिया - कैलालीको गादावरी नगरपालिकामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो धनगढी प्रयोगशाला गरिएको परिक्षणमा गोदावरी नगरपालिकाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतवाट फर्किएर १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परिक्षण गर्दा पोजेटिभ आएकाहरुको मध्ये १२ जना पुरुष र १ महिलामा पिसिआर रिपोर्ट पोजेटिभ आएको गोदावरी नगपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
उनीहरु वडा नं २ , १० , ११ र १२ का रहेका छन् । आरडिटी पोजेटिभ आएका ३७ जना र पिसिआर पोजेटिभ आएका १ जना गरि ३८ जनाको स्वाब संकलन गरि पठाएको ९ दिन पछि हिजो मात्रै रिपोर्ट आएको गोदावरी नगपालिका स्वास्थ्य शाखामा कार्यरत उषा भट्टले जनकारी दिए ।
उनीहरु मध्ये पिसिआर पोजेटिभ आएकासंगै २५ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताइन् । अहिले संक्रमितहरुलाई आइसोलेसनमा राख्ने काम भैरहेको छ ।
यो संगै गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या २२ पुगेको छ भने एक जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।