धनगढी – कैलालीको गोदावरी नगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा शुक्रबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार आज थपिएका संक्रमित मद्ये गोदावरी नगरपालिकाका १ का ४१ बर्षिय महिला, १६,२१ र ५८ बर्षिय पुरुष रहेका छन । यो संगै गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ९ पुगको छ ।
गोदावरी नरपालिकामा जेठ २४ गते पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परिक्षणमा गोदावरी नगरपालिकाका ४४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी नगरपालिकाका जनप्रतिनिधि समेत रहेका थिए । उनी अहिले नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा रहेका छन ।
त्यसपछि नगरपालिकाको वडा नम्बर १० मा २ जना भारतबाट आएर क्वारेनटाईनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित देखिएका १९ बर्षिय महिला र २५ बर्षिय पुरुष रहेका थिए । जेठ ३१ गते कोरोना संक्रमण देखिएका उनीहरुलाई पनि नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा राखिएको छ ।
जेठ ३२ गते गोदावरी नगरपालिका १ का ४६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको भने असार ३ गते उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भईसकेको छ ।
त्यस्तै गोदावरी नगरपालिका २ का ५२ बर्षिय एक पुरुषमा कोरोना देखीएको छ । असार २ गते कोरोना संक्रमण देखिएका उनि अहिले आइसोलेशनमा रहेका छन् । उनी काँग्रेसका सकृय नेता पनि हुन ।