बाजुरा – बाजुरामा ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । ६ जना मध्ये ४ जना बडिमालिका नगरपालिकाका स्वास्थ्यकर्मी, १ जना स्वास्थ्य कार्यालय बाजुरा र १ जना बाजुरा अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
बाजुरामा ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ भने एक जना दुई वर्षीय बालिकाको कोरोना कारण मृत्यु भएको छ ।