धनगढी – धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परिक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका संक्रमित मद्ये कन्चनपुरका २० , कैलालीका ३, अछामका १ जनामा रहेका छन ।
यसअघि आजै काठमाण्डौमा गरिएको परिक्षणमा २ सय १४ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै आज मात्रै सुदूरपश्चिममा २ सय ३८ कोरोना संक्रमित थपिएका छन । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ सय १७ पुगको छ ।