काठमाडौँ - नेपाल सरकारले चैत मसान्त भित्रमा लक्षित वर्ग सबैमा कोरोना विरुद्धको खोप लगाउने बताउँदै आएको भएपनि हाल सम्म ८४ प्रतिशत नागरिकले मात्रै खोप लगाएका छन् ।
बुधबारकोे नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले एक मात्रा खोप भने ९६ प्रतिशत नागरिकलाई लगाईएको बताइन् ।
हाल कोरोना भाइरसको सङ्क्रमणदर घटेपनि भारतमा फेरि सङ्क्रमण दर बढेकाले नेपालमा असर पर्न सक्ने भन्दै सचेत रहन विज्ञहरूले सुझाव दिएका छन् ।