काठमाडौं– नेपालमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ५ हजार २२२ नमूनाको परीक्षण हुँदा आइतबार २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा ३ हजार ७८० जनाको पीसीआर र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।
पीसीआर परीक्षणबाट १५ जना र एन्टिजेन परीक्षणबाट ८ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ जनाको मृत्यु भएको छ।