धनगढी - सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २३ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।यस्तै २१ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ४ जनाको आइसियुमा उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा आज १ जना नयाँ बिरामी भर्ना भएका छन् ।