काठमान्डौ -नेपालमा थप ५ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमूना परीक्षण गर्दा थप ५ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ छ ।