अत्तरिया - सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीको कोरोना अस्थायी अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमितको मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । उनी दम सम्बन्धी बिरामी रहेका थिए ।