अत्तरिया - सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको आज बिहान आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । ती महिलाको शनिबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।