अत्तरिया - सुदूरपश्चिम प्रदेशमा आज २६९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १६९ नमुना परीक्षण गर्दा थप २६९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार २२८ नमुना पिसिआर गर्दा १२४ जना र ९९९ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा १४५ जनामा संक्रमण देखिएको हो । यस्तै २४ घण्टामा २९९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ८१ जनामा संक्रमण पुष्टि भएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा ३४ जना, गड्डाचौकी नाकामा ३८ जना र झुलाघाट नाकामा ९ जना गरी ८६ जनामा संक्रमण देखिएको हो ।
यो संगै यस प्रदेशमा ४ हजार ९३० जना सक्रिय संक्रमित पुगेका छन् ।