काठमाडौं - बितेको २४ घण्टामा नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। १० जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६९७ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन् ।