धनगढी - सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा १८७ जनामा कोरोना परिक्षण गरिएकोमा १२१ जनामा संक्रमण पुष्टि हो ।यस्तै ६६ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा १९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।जसमध्ये ४ जनाको आइसियुमा र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । त्यस्तै , आज अस्पतालमा १ जना नयाँ बिरामी भर्ना भएका छन् ।
त्यस्तै , कैलालीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका ४ का ७५ वर्षिया पुरुषको मृत्यु भएको हो ।
त्यस्तैगरि कञ्चनपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।भिमदत्त नगरपालिका ८ तिलाचौर घर भएका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो।